Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सुरु भयो कामना र सेवाको एकीकृत कारोबार, दुई वर्षभित्रमा मुलुकभर शाखा पुर्याउने

२०७४ श्रावण २० गते

पोखराको सिर्जनाचोकमा केन्द्रिय रहेको कामना विकास बैंक र बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंकले एकआपसमा मर्ज भई मिति २०७४ श्रावण २० गते देखि एकिकृत कारोबार शुभारम्भ गरेका छन् । दुबै बैंकको नाम रहने गरि कामना सेवा विकास बैंकको नामबाट कारोबार शुभारम्भको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले गरेका थिए । नयाँ बनेको विकास बैंकको केन्द्रीय कार्यालय साविक कामना विकास बैंकको केन्द्रीय कार्यालय सिर्जनाचोक, पोखरामा रहने बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बताए । 

पोखरामा सम्पन्न एकिकृत कारोबार शुभारम्भ समारोहको अध्यक्षता बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यले गरेका थिए भने कार्यक्रमको संचालन नायव प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले गरेका थिए । कार्यक्रममा संस्थाको गतिविधीका सम्वन्धमा प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले प्रकाश पारेका थिए । 

एकिकृत कारोबार पछि बैंकको चुक्ता पूँजी दुई अर्ब छ करोड रुपैयाँ पुगेको छ । यसैगरि निक्षेप रु. १२ अर्व ६० करोड, कर्जा रु. ११ अर्व ५१ करोड, शाखा संजाल ४० एटिएम संख्या १६ र ग्राहक संख्या १ लाख ७१ हजार, कर्मचारी संख्या ३३१ जना रहेको जानकारी गराइएको थियो । आगामी २ वर्ष भित्र नेपाल राज्य भर शाखा कार्यालय विस्तार गर्ने र तत्कालै काठमाडौं, ज्ञानेश्वर स्थित आफ्नै भवनबाट अत्याधुनिक सुविधा सहितको बैकिङ्ग सेवा समेत प्रदान गर्ने गरी केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने जानकारी समेत दिइएको थियो ।

एकिकृत कारोबार शुभारम्भ समारोहमा बैंकले आफनो सामाजिक उत्तरदायित्व अन्र्तगतका विभिन्न कार्यक्रमहरुको फेरिहस्त प्रस्तुत गरेको थियो । जस अनुसार श्री लक्ष्मी आर्दश मा.वि.लाई विज्ञान प्रयोगशाला स्थापनार्थ रु २ लाख, श्री शिव गोरक्षनाथ पिठ सिद्घाश्रम पचभैया मन्दिर भवनको जिर्णोद्घारको लागि रु २ लाख, श्री शेयरकाष्ट इनिसिएटिभ नेपाललाई राष्ट्रियस्तरको बैकिङ्ग शिक्षा प्रर्वद्घनको लागि रु २ लाख त्यसैगरी अरण्यज्योती पुस्तकालय लेखनाथलाई रु १ लाख बराबरको कम्प्युटर सामाग्री हस्तान्तरण र मितेरी नारी समूहलाई चौतारा निर्माण सहयोगार्थ रु ५० हजार हस्तान्तरण गरिएको थियो । यसका साथै बैंकका कर्मचारी विशाल खड्कालाई अन्नपुर्ण पोष्ट कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा विगत ४ बर्ष देखि लगातार सिंगल तथा डवल इभेन्ट्समा प्रथम स्थान हासिल गरि स्वर्ण पदक जित्न सफल भएकोमा सम्मान स्वरुप नगद रु २५ हजार प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर सिवाकोटीले कामना सेवा विकास बैंकले बैकिङ्ग जगतमा एउटा महत्वपूर्ण खुड्किलो चढेकोमा वधाई दिनुका साथै नेपाल राष्ट्र बैंकको नीति सार्थक वनाएकोमा बैकलाई धन्यवाद समेत दिएका थिए । सोही कार्यक्रममा वोल्दै डेपुटी गर्भनर सिवाकोटीले राष्ट्र बैंकको मर्जर नीतिले गत आषाढ २० गते सम्म १५५ बटा संस्था मर्ज भई ४३ वटा हुदा ११२ वटा संस्था विलय भएको बताउनुभयो । कार्यक्रममा वित्तीय साक्षरता, संचालक शिक्षा कार्यक्रम तथा संस्थागत शुसासनको बारेमा बैंकहरु विशेष अग्रशरता देखाउनुपर्ने बताए ।

स्वागत मन्तब्य सयुक्त मर्जर समितिका संयोजक मदन शर्मा खनालले गरेको उक्त कार्यक्रममा डेभलपमेन्ट बैर्कस एसोसियसन का उपाध्यक्ष  गोविन्द प्रसाद ढकाल , चौतारी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष  जगत बहादुर पोखरेल, साविक सेवा विकास बैंक लि.का अध्यक्ष  भिम प्रसाद तुलाचन, पूर्व सभासद तथा उधोगपति कृष्ण प्रसाद आचार्य, पूर्व मन्त्री तथा उधोगपति हरि प्रसाद पाण्डे लगायतले बोलेका थिए ।