Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

निक्षेप सङ्कलन बढ्दो

२०७४ श्रावण १५ गते

चालू आर्थिक वर्ष शुरू भएको आधा महीना अवधिमा बैङ्क तथा वित्तीय क्षेत्रमा क्रमशः निक्षेप सङ्कलन बढ्न थालेको बैङ्करहरू बताउँछन् । सरकारको पूँजीगत खर्च प्रायः आर्थिक वर्षको अन्त्यतिर हुने भएकाले पनि यतिबेला सर्वसाधारणमार्फत विभिन्न खातामा रकम सङ्कलन हुन थालेपछि निक्षेप बढ्न थालेको हो ।

जेठ मसान्तसम्ममा २ खर्ब ३ अर्ब ४३ करोड ४६ लाख रुपैयाँ बढेको बैङ्क तथा वित्तीय संस्थाको निक्षेप अहिले करीब १ खर्ब सङ्कलन भएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क शाखाको अनुमान छ । गत जेठमा १० दशमलव १ प्रतिशत बढेको निक्षेप २०७३र७४ को अन्त्य र चालू आवको शुरुआती चरणमा निक्षेप सङ्कलनले राम्रो गति लिएको राष्ट्र बैङ्कको भनाइ छ । यद्यपि, अघिल्लो वर्षको जेठ मसान्तसम्ममा यस्तो निक्षेप १३ दशमलव ९ प्रतिशत अर्थात् २ खर्ब ३४ अर्ब १२ करोड ६८ लाख रुपैयाँ बढेको थियो । यस्तै, वार्षिक बिन्दुगत आधारमा २०७४ जेठ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप १५ दशमलव ५ प्रतिशत बढेको छ । २०७३ जेठ मसान्तसम्ममा यस्तो निक्षेप १८ दशमलव ५ प्रतिशत बढेको थियो । गत जेठ मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्तीअन्तर्गत ७ दशमलव ९, बचतअन्तर्गत ३५ दशमलव ८ र मुद्दतीअन्तर्गत ४३ दशमलव ४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८ दशमलव ५ प्रतिशत, ४३ दशमलव ८ प्रतिशत र ३० दशमलव २ प्रतिशत थियो ।

पछिल्लो समय निक्षेप बढ्दै गएपछि कर्जा लगानीमा केही सहज हुन थालेको बैङ्करहरूको भनाइ छ । गत जेठ मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाको निजीक्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा १७ दशमलव १ प्रतिशत बढेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८ दशमलव ८ प्रतिशत बढेको थियो । निजीक्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको २० दशमलव ५ प्रतिशत र विकास बैङ्कहरूको १ दशमलव ५ प्रतिशत बढेको छ भने वित्त कम्पनीहरूको शून्य दशमलव ६ प्रतिशत घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ जेठमा बैङ्क तथा वित्तीय संस्थाहरूको निजीक्षेत्रतर्पm लगानीमा रहिरहेको कर्जा २१ दशमलव ९ प्रतिशत बढेको छ । २०७३ जेठ मसान्तमा यस्तो कर्जा २० दशमलव ९ प्रतिशत बढेको थियो । नेपाल राष्ट्र बैङ्कको ११ महीनाको तथ्याङ्कलाई आधार मान्दा कृषि क्षेत्रतर्फको कर्जा १२ दशमलव ६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११ दशमलव २ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १९ दशमलव ९ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १४ दशमलव ९ प्रतिशत, सेवाक्षेत्रका उद्योगतर्फको कर्जा १७ दशमलव ७ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २६ दशमलव २ प्रतिशत बढेको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूको २०७४ जेठसम्ममा लगानीमा रहिरहेको कर्जामध्ये ६१ दशमलव १ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ दशकलव ९ प्रतिशत कर्जा चालू सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तु०को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१ दशमलव ३ प्रतिशत र १४ प्रतिशत थियो । यसैगरी, २०७४ जेठ मसान्तमा वाणिज्य बैङ्कहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २ दशमलव ७ प्रतिशत अर्थात् रू। ४४ अर्ब ३७ करोड छ । यस्तै, वाणिज्य बैङ्कहरूबाट प्रवाहित ट्रष्ट रिसिट ९आयात० कर्जा शून्य दशमलव ९ प्रतिशत ९रू। ६२ करोड० घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३६ प्रतिशत बढेको थियो । यसबीचमा वाणिज्य बैङ्कहरूको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर भने ५ दशमलव ४ प्रतिशत छ । अघिल्लो वर्षको जेठमा यस्तो ब्याजदर अन्तर ५ दशमलव ९ प्रतिशत थियो । त्यसैगरी, वाणिज्य बैङ्कहरूको औसत आधार ब्याजदर २०७३ जेठको ६ दशमलव ३ प्रतिशतको तुलनामा २०७४ जेठमा ९ दशमलव ४ प्रतिशत कायम हुन आएको राष्ट्र बैङ्कको भनाइ छ । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार