Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्ता छन्, साताभरका टप बैंकिङ खबरहरु

२०७४ श्रावण १३ गते

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

परिचयपत्र सिस्टम
अरुको खातामा पैसा जम्मा गर्दा अनिवार्य गरिएको परिचय पत्रलाई केही खुकुलो बनाइयो । अर्थ मन्त्रालयसँगको परामर्शमा राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थामा एक लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्दा आफ्नो परिचय खुल्ने कागतजात पेस गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि थोरै रकम जम्मा गर्दा पनि निक्षेपकर्ताको परिचय पत्र चाहिने व्यवस्थाले ग्राहकलाई झण्झट भएको भन्दै त्यसलाई परिमार्जन गर्न लागिएको हो । राष्ट्र बैंकले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था गर्दै अरुको खातामा रकम जम्मा गर्दा साउन १ देखि परिचय पत्र अनिवार्य गरेको थियो । अब यो सिमा १ लाख वा सो भन्दा बढी रकम जम्मा गर्दा तोकिएको छ । 

माइक्रोफाइनान्स बैंकर्सको मागपत्र
नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएसनले नेपाल राष्ट्र बैंक समक्ष तीनबुँदै माग प्रस्तुत गर्यो । ११ प्रतिशतको स्प्रेडको परिधिमा रही कारोवार संचालन गर्ने र हाललाई १८ प्रतिशतको ब्याजको अधिकतम सीमा अनिवार्य नहुने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । त्यस्तै, वाणिज्य बैंकहरुले विपन्नवर्गमा कर्जा लगानीका लागि लघुवित्त बैंकहरुलाई दिने थोक कर्जामा हाल १२ प्रतिशत सम्म ब्याज लिने गरेकोमा यो कर्जा सहुलियतपूर्ण दरमा विपन्न वर्गमा लगानी गर्ने कर्जा भएकाले मुद्धती निक्षेपको विद्यमान ब्याजदरसँग आवद्ध नगरी वाणिज्य बैंकहरुले विपन्न वर्गमा जाने कर्जाको ब्याजदर निर्धारण गर्दा पूँजीको लागतको आधारमा न्यूनतम रुपमा ब्याजदर निर्धारण गर्ने ब्यवस्था गर्नुपर्ने मागपत्रमा उल्लेख छ । वाणिज्य बैंकहरुले लघुवित्त बित्तीय संस्था मार्फत् विपन्न वर्गमा लगानी गरेको ५ प्रतिशतभन्दा बढीको कर्जा रकमलाई समेत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेे कर्जा रकमको अंशमा समावेश गर्ने ब्यवस्था भएमा विपन्नवर्ग कर्जामा विस्तार हुन जाने उनीहरुको तर्क छ । 

कृषि विकास बैंकका अध्यक्षको सपथ ग्रहण
कृषि बिकास बैंक लिमिटेडको अध्यक्ष पदमा क्षेत्र बहादुर सेंजुवाल नियुक्त भए । बैंक संचालक समितिको अध्यक्ष पदमा नियुक्त भएका सेंजुवाललाई नेपाल राष्ट्र बैंकका गर्भनर डा। चिरंजीबि नेपालले सपथ ग्रहण गराएका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शर्मा, बैंक नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल र कृषि विकास बैंक लि।का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला, कम्पनी  सचिव प्रताप सुवेदी तथा कृषि विकास बैंक लि।का प्रबक्ता हिमलाल पौडेल समेतको समेतको उपस्थिती थियो । 

प्रभु बैंकको ईशिक्षा
शैक्षिक संस्थाहरुलाई अत्यन्तै उपयोगी ई शिक्षा पोर्टल एक समारोहबीच प्रभु बैकका प्रमुख कार्यकारी अधिकुत अशोक शेरचनले उद्घाटन गरे । शैक्षिक संस्थाहरुलाई प्रसाशनिक, आर्थिक, शैक्षिक तथा अन्य कार्यहरुलाई ई शिक्षा पोर्टल फलदायी हुने  विश्वास लिइएको छ । यो पोर्टल भारत स्थीत ई शिक्ष कम्पनीले नीर्माण गरी संञ्चालीत अन्तराष्ट्रिय स्तरको शैक्षिक पोर्टल हो । सम्पुर्ण स्कुल तथा कलेजलाई आधुनीकिकरण गर्नुका साथै अभिभावक तथा विद्यार्थीहरुलाई सम्पुर्ण कार्य अनुगमन गर्न ई शिक्षा लाभदायक हुने विश्वासका साथ प्रभु ग्रुपले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर यो कार्य अघि बढाएको जनाएको छ । विद्यार्थी, यातायात, पुस्तकालय, होमवर्क, वित्तिय विवरण, हाजीरी, परिक्षा, परामशर्, बिज्ञापन, अनलाइन जाँच, सुविधा चौविसै घण्टा तथा सातैदिन प्रभुको संजालबाट शुल्क संकलन तथा ई बैकिङबाट तिर्न मिल्ने सुविधा सहित अभिभावकले यसबारे घरैबाट अनुगमन गर्नुका साथै चाहिए अनुसारको सुचना सम्पे्रष गर्न सक्ने छन् । 

स्थानी जनप्रतिनिधिलाई बैंक सञ्चलक बन्न रोक
राष्ट्र बैंकले सोमबार निर्दे्शिका जारी गर्दै स्थानीय निकायमा निर्वाचित वडा सदस्यसम्मले बैंक तथा वित्तीय संस्थामा संचालक बन्न नपाउने व्यवस्था गर्यो । शुसासनमा समस्या हुने भएकोले स्थानीय तहमा निर्वा्चित सबै सदस्य, प्रदेशमा र संघीय संसद्मा निर्वा्चित प्रतिनिधीलाई संचालक बन्न रोक लगाइएको हो । राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ को अधिकार  प्रयोग गरेर निर्वा्चित सबै प्रतिनिधीलाई बैंक संचालक बन्न रोक लगाएको बताइएको छ ।

अन्य

  • एनआईसी एशिया बैंक लिमिटेडले भक्तपुर जिल्ला स्थित काठमाडौं मेडिकल कलेजको परिसरमा करिब ३०० विरुवाहरुको वृक्षारोपण गर्यो । 
  • सानिमा बैंक लिमिटेडले मुख्य कार्यालय नक्साल तथा देशै भरीका ४५ शाखाहरुबाट महिला ग्राहकहरुलाई बिषेश उपहार प्रदान गर्यो ।
  • जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडले कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ०७, कोइली बनगाईमा फलफुलको विरुवा वितरण तथा रोप्ने कार्यक्रम सम्पन्न गर्यो ।
  • कृषि बिकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले पुष्पलाल स्मृती दिवसको अवसरमा “कमरेड पुष्पलालका विचार र देशको आर्थिक सामाजिक अवस्था” विषयक विचार गोष्ठी एवं सेवा निवृत्त कर्मचारीको सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गर्यो ।
  • प्रभु बैंक लिमिटेडले काठमाडौँको गुर्जुधारामा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्यायो । 
  • काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलपमेन्ट बैंकले आफना शाखा प्रमुुखहरुका लागि दुुई दिने प्रशिक्षण तथा गत आ.ब. २०७३÷७४ को समिक्षा भेला पोखरामा सम्पन्न गर्यो ।   
Ad