Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एकलाख भन्दा कम रकम जम्मा गर्दा परिचयपत्र नचाहिने

२०७४ श्रावण १२ गते

अरुको खातामा पैसा जम्मा गर्दा अनिवार्य गरिएको परिचय पत्रलाई केही खुकुलो बनाइने भएको छ । अर्थ मन्त्रालयसँगको परामर्शमा राष्ट्र बेंकले एकलाख माथिको रकम जम्मा गर्दा परिचय पत्र अनिवार्य गर्न लागेको हो । अब बैंक तथा वित्तीय संस्थामा एक लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्दा आफ्नो परिचय खुल्ने कागतजात पेस गर्नुपर्ने छ । यसअद्धि थोरै रकम जम्मा गर्दा पनि निक्षेपकर्ताको परिचय पत्र चाहिने व्यवस्थाले ग्राहकलाई झण्झट भएको भन्दै त्यसलाई परिमार्जन गर्न लागिएको हो ।  राष्ट्र बैंकले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था गर्दै अरुको खातामा रकम जम्मा गर्दा साउन १ देखि परिचय पत्र अनिवार्य गरेको थियो । अब यो सिमा १ लाख वा सो भन्दा बढी रकम जम्मा गर्दा तोकिएको छ ।