April 22nd, 2016

विदेशीनेको संख्या घटिरहँदा, कसरी बढ्दैछ विप्रेषण आप्रवाह ? 

remitance

 

 

 

 

 

 

 

 

 

 

 

 

 

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा विप्रेषण आप्रवाह बढेको छ । चालू आर्थिक वर्षको फाल्गुन मसान्तसम्मको विवरणअनुसार विप्रेषण आप्रवाह १५.२ प्रतिशतले बढेर ४ खर्ब २७ अर्ब ३७ करोड रुपैँया पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४ प्रतिशतले वृद्धि भएको थियो । 

विप्रेषण आप्रवाहमा भएको वृद्धिका कारण खुद ट्रान्सफर आय १९ प्रतिशतले बढेर ५ खर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.३ प्रतिशतले बढेको थियो । विपे्रषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा भने कमी आएको नेपाल राष्ट्र बैँले जनाएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७२/७३ को आठ महिनामा गत वर्षको सोही अवधिको तुलनामा २३.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.१ प्रतिशतले बढेको थियो ।