Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

काठमाडौँ महानगरले बढाएको कर तत्काल फिर्ता लिन व्यवसायीको माग

२०७४ श्रावण ४ गते

नेपाल चेम्बर अफ कमर्शले काठमाडौं महानगरपालिकाले बढाएको कर तत्काल फिर्ता लिन माग गरेको छ । चेम्बरले अत्यधिक रुपमा बढाइएको विभिन्न शीर्षक अन्तर्गतको करप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै तत्काल उक्त कर फिर्ता लिन माग गरेको हो । महानगरले बढाएको व्यवसाय कर वृद्धिबाट काठमाडौंमा मूल्यवृद्धि हुन गई जनतासमेत मारमा पर्ने हुँदा उक्त निर्णय संशोधन हुनुपर्ने चेम्बरले बुधवार जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

महानगरपालिकाले हालै पारित गरेको आर्थिक वर्ष २०७४/७५ को आर्थिक ऐन, २०७४ ले महानगरमा स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलनमा अत्यधिक कर वृद्धि गरेपछि चेम्बरले त्यसमा असन्तुष्टि ब्यक्त गरेको छ । ‘स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र परिचालन गर्ने राजस्वका स्रोत, दायरा र दर समेतको विश्लेषण गर्न राजश्व परामर्श समितिमा निजी क्षेत्रका प्रतिनिधि समेत सम्मिलित हुनुपर्ने नीतिगत व्यवस्था हुँंदाहुँंदै महानगरपालिकाले एकलौटी र अप्रत्यासित रुपमा कर वृद्धि गरेको छ’, चेम्बरले भनेको छ ।