July 17th, 2017

लक्ष्यभन्दा १०८ प्रतिशत बढी उठ्यो राजश्व

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गत आर्थिक बर्ष २०७३।७४ मा ६ खर्ब १२ अर्ब रुपैयाँ राजश्व संकलन भएको जानकारी दिएका छन्। संसद्को अर्थ समितिमा उनले लक्ष्यभन्दा १०८ प्रतिशत बढि राजश्व संकलन भएको बताउँदै उनले राजश्व प्रणालीमा देखिने अनियमितता र असहजता नियन्त्रणका लागि काम भइरहेको बताए ।
 गत बर्ष सरकारले पाँच खर्ब ६५ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । 
 
मन्त्री कार्कीले कारोबारको  उद्गम विन्दू भन्सार वा उत्पादनस्थल देखिनै कारोबारलाई अनुगमन र कारोबारको विवरण विद्युतीय प्रणालीमा ल्याउने, कर र कानूनको सुक्ष्म निगरानी राख्ने कार्यलाई मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको दावीसमेत गरे । कार्कीले राजश्व चुहावट र राजश्व संकलनमा हुने अनियमिता रोक्न व्यवहारमै खरो रुपमा उत्रने  दृढता पनि  व्यक्त गरे । 
 
कर चुहावट नियन्त्रण गर्न कर प्रशासनमा काम गर्ने कर्मचारीको कार्यशैली र  व्यवहारको अनुगमन हुने बताए। राजश्व संकलनलाई प्रभावकारी तुल्याउन मुलुकका १३ स्थानमा आइपी क्यामेरा जडान गर्ने काम तीव्ररुपमा भइरहेको सो अवसरमा जानकारी दिए । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]