Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

छ वर्षको प्रयासपछि ट्र्याक निर्माण

२०७४ असार २९ गते

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेको बगँैचादेखि वडा नम्बर २ भगवतीको रिसीनचौतारी हुँदै बेगखोला जोड्ने सडकखण्डअन्तर्गत बनाखीको भिरमा ट्र्याक निर्माण भएको छ । विगत छ वर्षदेखि सडक निर्माण सुरु गरिएको सो सडकअन्तर्गत कडा चट्टानको कारण निर्माण कार्य रोकिरहेको बनाखी भिरमा यो वर्ष डोजर लगाएर ट्र्याक निर्माण गरिएको हो । 

गलेश्वरदेखि बेगखोलासम्मको सडकको वैकल्पिक मार्गका रुपमा निर्माण गर्न लागिएको पिप्ले बगैँचा–रानीपौवा–रिसीनचौतारी– माछखर्क–बेगखोला सडकअन्तर्गत यो वर्ष रु १० लाख बजेटबाट सो ट्र्याक निर्माण गरिएको हो । जिल्ला समन्वय समितिमार्फत रु नौ लाख १० हजार र स्थानीयको रु एक लाख एक हजार ६९६ बराबरको श्रमदानबाट रानीपौवा र रिसीनचौतारीको बीचमा पर्ने सो भिरमा ट्र्याक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जगत शाहीले बताए । विगत छ वर्षदेखि निरन्तर प्रयास गर्दासमेत उल्लेख्यरुपमा बजेट विनियोजन नभएको र विनियोजन भएको बजेटले समेत सो भिरमा ट्र्याक खन्न सकिएको थिएन ।