Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

जुफाल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु

२०७४ असार २८ गते

डोल्पामा यातायातको एक मात्र साधनका रुपमा रहेको जुफाल विमानस्थलको दुई सय मिटर कालोपत्र गर्ने काम सम्पन्न भएको छ । जम्मा ५६० मिटरमध्ये असार १ देखि २६ गतेसम्म २६ दिनको अवधिमा २०० मिटर कालोपत्र गर्ने कार्य सम्पन्न भएको विमानस्थल निर्माणका आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिए ।

आँउदो भदौ पहिलो सातासम्ममा कालोपत्र गर्ने कार्य सम्पन्न गरेर हवाई यातायात सञ्चालनमा ल्याउने योजना रहेको आयोजना प्रमुख शाहीले बताए । बर्खायाम सुरु भएकाले काम गर्ने क्रममा बीच–बीचमा पानी परेर समस्या उत्पन्न हुने गरेको शाहीको भनाइ छ । कर्णालीका चारवटा विमानस्थल कालोपत्र भइसके तापनि डोल्पाको जुफाल विमानस्थलमा भने कालोपत्र गर्ने कार्य भर्खरै शुरु भएको छ । रासस