April 20th, 2016

चालू आर्थिक वर्षभित्र कुनकुन कम्पनिले निष्काशन गर्दैछन् साधारण शेयर ? (विवरणसहित)

economic

१ अर्ब २० करोड रुपैँया बराबरको साधारण शेयर निष्काशनको प्रक्रियामा रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अनुसार ५ वटा जलविद्युत् कम्पनि, ३ वटा लघुवित्त विकास बैँक र एउटा विकास बैँक समेत गरी ९ वटा संस्थाले चालू आर्थिक वर्षभित्र साधारण शेयर निष्काशन गर्ने तयारी गरेका हुन् । 

चालू आर्थिक वर्षभित्र शेयर निष्काशन गर्ने तयारीमा रहेको संस्थाहरु
जलविद्युत् कम्पनि :

  • खानीखोला हाइड्रोपावर कम्पनि लिमिटेडले ९ करोड ३१ लाख ४२ हजार ९ सय रुपैँया बरारबको साधारण शेयर निष्काशन गर्न लागेको छ । बैँकको शेयर निष्काशन तथा विक्रि प्रबद्र्धकको रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ । 
  • हिमालयन पावर पार्टनरले १० करोड ६५ लाख ४१ हजार ७ सय रुपैँया बराबरको साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनिको शेयर विक्रि प्रबद्र्धकको रुपमा ग्लोबल हाईएमई क्यापिटल लिमिटेड रहेको छ । 
  • त्यस्तै, दिव्येश्वरी हाइड्रोपावर लिमिटेडले पनि २६ करोड ४० लाख रुपैँया बराबरको साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनिको शेयर विक्रि प्रबद्र्धकको रुपमा भने एस क्यापिटल लिमिटेड रहेको छ । 
  • सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले ७ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्दैछ । स्थानीयहरुका लागि कम्पनीले यो सेयर जारी गर्ने भएको हो । कम्पनिको शेयर निष्काशन प्रबद्र्धकको रुपमा सिभिल क्यापिटल मोर्कट रहेको छ । 
  • यता, अरुण काबेली पावर कम्पनीको १५ करोड रुपैयाँ बराबरको साधारण शेयर सिद्धार्थ क्यापिटलले निष्काशन गर्दैछ ।  

लघुवित्त संस्था :

  • आरएसडीसी लघुवित्तले १ सय रुपैँया अंकित मूल्य कायम रहेको ४ करोड रुपैँया बरबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ । शेयर निष्काशन प्रबद्र्धकको रुपमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । हाल चुक्ता पुँजी ६ करोड रुपैँया रहेको बैँकको साधारण शेयरको विक्रि पश्चात् चुक्ता पुँजी १० करोड रुपैँया पुग्नेछ । 
  • त्यस्तै, सूर्योदय लघुवित्त वित्तिय संस्थाले १ करोड २० लाख रुपैँया बराबरको शेयर निष्काशन गर्दैछ । सूर्योदयको शेयर विक्रि प्रबद्र्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । 
  • नेशनल माइक्रोफाइनान्स लघुवित्त संस्थाले ३ करोड रुपैँयाको शेयर निष्काशन गर्न लागेको छ । नेशनलको शेयर विक्रि प्रबद्र्धकको रुपमा एमहाईबीएल रहेको छ । 

विकास बैँक :

  • क्षेत्रीयस्तरको ३ जिल्ले विकास बैँकको रुपमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको ग्रिन डेभलपमेन्ट बैँकले १० करोड रुपैँया बराबरको १० लाख कित्ता साधारण शेयरको विक्रि गर्ने भएको छ । बैँकको शेयर निष्काशन तथा विक्रि प्रबद्र्धकको रुपमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।