Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गाभिए लुम्बिनी र भिबोर सोसाइटी, लुम्बिनी विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु

२०७४ असार २५ गते

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ आपसमा गाभिएर आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर  डा. चिरंजीबि नेपालले आइतबार एकीकृत कारोबारको शुभारम्भ गरे । 

मर्जरपछि बनेको बैंकको नाम लुम्बिनी विकास बैंक रहेको छ । बैंकको चुक्ता पूँजी दुई अर्व ८८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३६ करोड ३० लाख रुपैयाँ रहेको छ। गाभिए पश्चात बैंकको कुल निक्षेप १७ अर्ब, कर्जा १५ अर्ब ५८ करोड र शाखा संख्या ४९ वटा पुगेको छ। एकिकृत संस्थाको अध्यक्षमा सुशिल राज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल छन्।      
 

     
 

Ad