Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चुक्तापुँजी नपुर्याउने बैंकलाई कारबाही, बाध्यकारी मर्जरमा लैजान सकिने

२०७४ असार २५ गते

तोकेको समयमा चुक्तापुँजी नपुर्याउने बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गर्ने भएको छ । आर्थिक वर्ष ०७४।७५को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सो कुरा उल्ले गरेको हो । 

समयमा नै चुक्तापुँजी नपुर्याउने बैंकलाई तीन किसिमको कारबाही गर्ने जनाएको छ । तोकिएको चुक्ता पुँजी नपुगेमा विद्यमान व्यवस्था अनुरुप नगद लाभांश र बोनश शेयर वितरण एवम् शाखा विस्तारमा रोक लगाउने, निक्षेप संकलन र कर्जा प्रवाहमा सीमा तोक्ने तथा बाध्यकारी मर्जरमा लैजाने लगायतका कारबाही अगाडि बढाइने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०७४ को वाह्य लेखापरीक्षण एवम् वित्तीय विवरण सार्वजनिक गर्दाको अवस्थासम्ममा तोकिए बमोजिमको न्यूनतम चुक्ता पुँजी पुगेको व्यहोरा वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणीमा स्पष्ट रुपमा जनाइएको हुनुपर्ने बताइएको छ । 

Ad