Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आउँदो सोमबार १४ अर्बको ट्रेजरी बिल

२०७४ असार ९ गते

नेपाल राष्ट्र बैंकले आउँदो सोमबार (असार १२ गते) १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री र्ने भएको छ । यसका लागि राष्ट्र बैंकले शिलबन्दी बोलपत्र आह्वान गरेको छ । असार १३ गते निष्काशन गरिने ट्रेजरी बिलका लागि असार १२ गते दिउसो ३ बजेभित्रमा अनलाइन बिडिङ सिष्टममार्फत बोलकबोल गरिसक्नुपर्नेछ । 

राष्ट्र बैंकले ९१ दिने अवधिको १४ अर्ब रुपैयाँ र १८२ दिने अवधिको नौ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने जनाएको छ । जसअनुसार, ९१ दिने अवधिको ट्रेजरी बिल आगामी असोज १० गते र १८२ दिने अवधिको ट्रेजरी बिल पुष ११ गते परिपक्व हुनेछ ।