April 17th, 2016

आइतबारको नेप्से : ६६ करोडको कारोबार, सामान्य बढ्यो परिसूचक

economicसाताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा ६६ करोडमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय १७ वटा कम्पनिको ९ लाख २३ हजार ३ सय १३ कित्ता शेयर २ हजार ९ सय ६७ पटक खरिदविक्रि हुँदा ६६ करोड १५ लाख ७६ हजार २ सय ७५ रुपैँयाको कारोबार भएको हो । त्यस्तै, नेप्से परिसूचक  ३.६५ अंकले बढेर १४०९.४३ अंकमा पुगेको छ । 

सबैभन्दा धेरै स्टान्डर्ड चार्टर्ड बैँकको ४ करोड ९६ लाख ६१ हजार ७ सय १२ रुपैँयाको शेयर कारोबार भएको छ भने नेपाल बैँक, नविल बैँक र नेपाल बंगलादेश बैँकको ३ करोडमाथिको शेयर कारोबार भएको छ । २ करोडमाथिको शेयर कारोबार सम्हाल्ने कम्पनिहरुमा सिटिजन बैँक, नविल बैँकको प्रोमोटर शेयर, सानिमा बैँक, एसबीआई बैँक, एभरेष्ट बैँक, चिलिमे हाइड्रो लगायत छन् । 

आइतबार सबैभन्दा धेरै कमाउने शिखर इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । मुक्तिनाथ विकास बैँक, एनएलजी इन्स्योरेन्स, तिनउ विकास बैँक, प्रुडेन्सियल इन्स्योरेन्स, पोखरा फाइनान्स, एसबीआई बैँक लगायतले पनि धेरै कमाएका छन् । गुमाउने कम्पनिहरुको अग्रस्थानमा नेपाल टेलिकम रहेको छ जसको शेयर मूल्य ६.८५ प्रतिशतले घटेको छ । त्यस्तै, राप्तीभेरी विकास बैँक, ओरिएन्टल होटल्स, साहाला विकास बैँक, सुभेक्षा विकास बैँक, सहयोगी विकास बैँक लगायतले पनि गुमाएका छन् । सबैभन्दा धेरै कारोबार भएको स्डान्डर्ड चार्टर्डको शेयर मूल्य १.०५ प्रतिशतले बढेको छ । 

होटल र अन्य समूहबाहेक सबै समूह उकालो लागेका छन् । सबैभन्दा धेरै वीमा समूह ६१.२ अंकले बढेको छ भने वाणिज्य बैँक, विकास बैँक, जलविद्युत र फाइनान्स समूह क्रमशः १३.५६, ७.१८, ३.८९ र १.४५ अंकले बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५७.५६ अंकले घटेको छ भने होटल समूह २६.५२ अंकले घटेको छ ।