Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

जेठ १९ गते निष्काशित नागरिक बचतपत्रको प्रमाणपत्र असार २ देखि वितरण गरिने, केके ल्याउने साथमा ?

२०७४ जेष्ठ ३१ गते

नेपाल राष्ट्र बैंकले गत जेठ १९ गते निष्काशन गरेको नागरिक बचतपत्रको प्रमाणपत्र असार २ गतेदेखि वितरण गर्ने भएको छ । राष्ट्र बैंकले ८.५ प्रतिशत व्याजदरमा पाँच वर्षे अवधिको पाँच अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०७९ निष्काशन गरेको थियो । सोको सावाँ तथा व्याज भुक्तानी पुर्जाका साथै खण्डित अवधिको व्याज रकम दिनका लागि राष्ट्र बैंकले नागरिक बचतपत्रका खरिदकर्तालाई असार २ गते शुक्तबारका दिन बोलाएको हो । बचतपत्र खरिदकर्ताले प्रमाणपत्र लिन रकम बुझाएको भौचरके अर्धकट्टी वा रसिद र नागरिकताको प्रतिलिपिसहित आवेदन फारम बुझाएको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । थप जानकारीका लागि फोन नं. ४१०१७१२ वा ४१०१७३९ मा सम्पर्क गर्न सकिनेछ ।