आगामी आर्थिक बर्षको मौद्रिक नीति निमार्णका लागि राष्ट्र बैंकले सरोकारवालासँग सुझाव माग गरको छ । असारको दोस्रो साताभित्रमा मौद्रिक नीति सार्वजनिक गर्ने योजना रहेको राष्ट्र बैंकले ईमेल मार्फत आगामी मौद्रिक नीतिबारे सुझाब दिन सरोकारवाला तथा सर्वसाधारणसँग आह्वान गरेको हो । monetarypolicy@nrb.org.np मा इमेल गरेर आफ्नो सुझाव तथा समस्या राख्न सकिने बताइएको छ । राष्ट्र बैकलाई बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या, ब्याज दर, तरलता, अन्य बैंकिङ समस्या, मूल्य बृद्धि लगायतका बारेमा सुझाव दिन पाइने छ ।
नेपाल राष्ट्र बैंक
मौद्रिक नीति निर्माणका लागि राष्ट्र बैंकले माग्यो सर्वसाधारणसँग सुझाव
२०७४ जेष्ठ ३० गते
