२०७३ बैशाख ३ गते

साताको शेयर कारोबार ८.६४ प्रतिशतले बढ्यो, नेपाल बैँकको कारोबार सबैभन्दा बढी

economicयस साता नेपाल स्टक एक्सचेन्जमा २ अर्बमाथिको शेयर कारोबार भएको छ । साताभरमा १ सय ४७ वटा कम्पनीहरुको ४४ लाख ७२ हजार ८ सय ४० कित्ता शेयरहरु १० हजार ७ सय ८१ पटक खरिदविक्रि हुँदा कुल २ अर्ब २६ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ८.६४ प्रतिशतले बढी हो । गत साता ३४ लाख ६ हजार ६ सय ३० कित्ता शेयरहरु १० हजार ८ सय ६९ पटक खरिदविक्रि हुँदा २ अर्ब ८ करोड ९० लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

साताको नेप्से परिसुचक पहिलो दिनको तुलनामा २३ दशमलव ३६ अंकले बढेर अन्तिम दिन १ हजार ४ सय ५ दशमलव ७८ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्समा पनि पहिलो दिनको तुलनामा ५ दशमलव ०८ अंकले बढेर ३ सय ३ दशमलव ७२ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

यस साता कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको नेपाल बैंकको १६ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल बंगलादेश बैंकको ११ करोड ९९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको ११ करोड ९२ लाख रुपैयाँ, नबिल बैंकको संस्थापकको १० करोड ९६ लाख रुपैयाँ र सिटिजन्स बैंक इन्टरनेशनलको ८ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

कारोबार भएको शेयर संख्याका आधारमा एनआइबिएल सम्वृद्धि फण्ड १ अग्रस्थानमा रहेको छ जसको ६ लाख ६ हजार कित्ता शेयर खरिद बिक्रि भएको छ । कारोबार संख्याको आधारमा नेपाल बैँक अग्रस्थानमा छ जसको शेयर ६ सय ३४ पटक खरिदविक्रि भएको छ ।  

यस साता सूचीकृत भएका शेयरहरु
साताभरमा मनास्लु विकास बैंकको बोनस शेयर २ लाख १८ हजार २ सय ९५ कित्ता, वाग्मती डेभलपमेन्ट बैंकको बोनस शेयर ७५ हजार कित्ता, एनआइसी एसिया बैंकको बोनस शेयर १ करोड ३ लाख ६७ हजार ३ सय १० कित्ता, सेन्चुरी कमर्सियल बैंकको हकप्रद शेयर ५३ लाख कित्ता, हिमालयन बैंकको बोनस शेयर १ करोड १६ लाख ६४ हजार ४ सय ५० कित्ता, प्राइम कमर्सियल बैंकको बोनस शेयर ५६ करोड ५२ हजार ९५ कित्ता, एभरेष्ट बैंकको बोनस शेयर ६० लाख ५२ हजार १ सय ६३ कित्ता, स्वरोजगार लघुवित्त विकास बैंकको बोनस शेयर १ लाख ३६ हजार ८ सय कित्ता, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको बोनस शेयर ३ लाख ८३ हजार ४ सय १ कित्ता, गुडविल फाइनान्सको बोनस शेयर ३ लाख ३० हजार ६ सय ५२ कित्ता, नेपाल एक्सप्रेस फाइनान्सको बोनस शेयर ३ लाख ४२ हजार ५ सय ३७ कित्ता र मञ्जुश्री फाइनान्सको बोनस शेयर २ लाख ५६ हजार ५ सय कित्ता शेयरहरु सुचीकृत भएका छन् ।