Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

अन्ततः एनसेलले बुझायो पुँजीगत लाभकर

२०७४ जेष्ठ २१ गते

निजी दूरसंचार प्रदायक संस्था एनसेलले कर तिरेको छ । एनसेलले ठूला करदाता कार्यालयमा १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार सात सय ११ रुपैयाँ पूँजीगत लाभकर तिरेको अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख बिष्णु नेपालले जानकारी दिए।

‘सरकारलाई तिनुपर्ने २५ प्रतिशत पूँजीगत लाभ कर बापतको रकम तिनुपर्ने आधारमा नै एनसेलले रकम कार्यालयमा दाखिला गरेको हो । ठूला करदाता कार्यालयले पूर्व अर्थसचिव विद्याधर मल्लिक, पूर्व मुख्य सचिव तिर्थमान शाक्य र चार्टर्ड एकाउन्टेन्ट शिव शर्मा विज्ञका रुपमा एनसेलले राज्यलाई दाखिला गर्नुपर्ने पूँजीगत लाभकर बारे राय लिएको थियो । विज्ञहरुले एनसेलबाट ३५ अर्ब रुपैयाँ पूँजीगत लाभकर लिनुपर्ने सुझाव दिएका थिए ।

एनसेलले यसअघि २०१६ मे ७ तारीखमा पूँजीगत लाभकर बापत ९ अर्ब ९७ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ सरकारलाई तिरेको थियो ।