Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पहिरोले लघुजलविद्युत् आयोजनाको पाइप बगायो

२०७४ जेष्ठ २१ गते

धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पहिरोले बगाएको छ । विसं २०७३ साउन ८ गते जुगेपानी भन्ने ठाउँबाट खसेको पहिरोले क्षति पु¥याएको नहरको विकल्पमा राखिएको ४० मिटर पाइपलाइन शुक्रबार साँझको वर्षापछि आएको पहिरोले फेरि बगाएको हो । 

पाइपलाइन राखेर मर्मत गरी पुनः सञ्चालनमा रहेको ३५ किलोवाट क्षमताको आयोजनामा पहिरोले क्षति पु¥याएपछि थप समस्या उत्पन्न भएको परियोजनाका अध्यक्ष कृष्ण गौचनले बताउनुभयो । जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा पाइप खरिद गरी उपभोक्ताले श्रमदान गरेर पाइपलाइन जडान गरेर परियोजना पुनः सञ्चालनको तयारी गरेका थिए । परियोजना बन्द हुँदा गत १० महिनादेखि लुलाङका ३५० घरधुरी उपभोक्ता उज्यालोका लागि सोलार र टुकी प्रयोग गर्न बाध्य छन् । रासस