नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपको रुपमा ३१ करोड २३ लाख ९९ हजार रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आउँदो असार १ गतेदेखि ०७५ जेठ ३१ गतेसम्म एक वर्षका लागि रकम लिन चाहने क, ख र ग वर्गका बैंकलाई लगानी प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्रस्ताव पेश गर्ने मिति आज (जेठ १८ गते)सम्म रहेको छ । इच्छुक संस्थाले आज अपरान्ह ३ बजेभित्रमा शिलबन्दी दरभाउसम्बन्धी फारम भरी राष्ट्र बैंक अन्तर्गत वित्त व्यवस्थापन विभाग, बालुवाटारमा पठाउनुपर्नेछ ।
आह्वान गरिएको कुल रकममध्ये, वाणिज्य स्तरका बैंकहरुले १४ करोड ९९ लाख २१ हजार रुपैयाँ, विकास बैंकहरुले चार करोड ६८ लाख ५९ हजार रुपैयाँ र वित्त कम्पनीहरुले बाँकी एक करोड ५६ लाख १९ हजार रुपैयाँका लागि बोलपत्र पेश गर्न सक्नेछन् । रकम लिन इच्छुक संस्थाले निम्न शर्तहरु पूरा गरेको हुनुपर्नेछ :



