Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

एनसेलले पनि सुरु गर्यो फोरजी सेवा, तीन दिनका लागि एक जीबी डाटा फ्रि

२०७४ जेष्ठ १८ गते

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले चौथो जेनेरेसन अर्थात् फोरजी सेवा सुरु गरेको छ । एनसेलले विहीबार (जेठ १८ गते)देखि सो सेवा सुरु गरेको छ । नयाँ फ्रिक्वेन्सी नबढाई ०६४ सालमै दिएको फ्रिक्वेन्सी अनुसार फोरजी सेवा सुरु गरेको एनसेलले जनाएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ९ सय मेगाहर्ज ब्यान्ड र १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थता बमोजिमका सेवा सुरु गर्न अनुमति दिएको थियो ।

फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले यही बिहीबार (जेठ १८) बाट काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवाको लाभ लिन सक्नेछन् । फोरजी सेवाको लाभ लिन ग्राहकले आफूले प्रयोग गरिरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन्। नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गर्नेछन् ।

सेवा सुरु गरेको अवसर पारेर कम्पनीले ३ दिनका लागि १ जीबी डाटा समेत निःशूल्क गराएको छ । साथै असार १६ गतेसम्म फोरजी सेवा लिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिनसम्म निःशुल्क अनलाईन गीत सुन्न सक्ने बताइएको छ ।