Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आईपिओकै मूल्यमा कुन कम्पनीले जारी गर्दैछ एफपिओ ?

२०७४ जेष्ठ १७ गते

नेपाल ग्रामीण बिकास बैंक लिमिटेडले आईपिओकै मूल्यमा एफपिओ निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम नजोडी नौ लाख ७५ हजार कित्ता एफपिओ बिक्रि गर्ने अनुमति माग गरेको छ । एफपिओ निष्काशनको अनुमति माग गर्दै गत जेठ १२ गते धितोपत्र बोर्ड पुगेको कम्पनीको अन्तिम कारोबार मूल्य सात सय ८१ रुपैयाँ रहेको छ । कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

एफपिओ पश्चात कम्पनीको चुक्ता पूँजी ६५ करोड ५० लाख रुपैंयाँ पुग्नेछ भने प्रमोटर र सर्वसाधारणको सेयर अनुपात क्रमशः ६९.९० प्रतिशत र ३०.१० प्रतिशत पुग्नेछ ।
 

Ad