Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

२० लघुवित्त संस्थाहरु थपिँदै, राष्ट्र बैंकले प्रक्रिया अघि बढायो

२०७४ जेष्ठ १४ गते
सेयर:

नेपाल राष्ट्र बैंकले २० वटा लघुवित्त वित्तीय संस्थालाई स्थापनाको अनुमति दिने प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको स्थापनाका लागि हालसम्म प्राप्त भएका निवेदनका आधारमा राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न सैद्धान्तिक सहमति प्राप्त गरेका र फिट एण्ड प्रोपर टेस्ट सम्पन्न भई अन्तरक्रिया सम्पन्न भइसकेका तथा लघुवित्त संस्थामा परिणत हुन आवेदन दिएका वित्तीय मध्यस्थताको कारोबार गर्ने गैर–सरकारी संस्थाहरुको हकमा मात्र थप कारबाही अगाडि बढाइने व्यवस्था गरेको छ । सोही व्यवस्था अन्तगर्त रहेर थप २० वटा संस्थाहरुलाई स्थापनाको इजाजत दिने प्रक्रिया अघि बढाइएको राष्ट्र बैंकले जनाएको छ ।