Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारी विद्युत् कम्पनीले चार जलविद्युत् आयोजना अघि बढाउँदै, दुई हजार मेगावाट विजुली थपिने

२०७४ जेष्ठ १४ गते

मुलुकमा दुई हजार मेगावाट विजुली थपिने भएको छ । ठूला तथा जलाशययुक्त आयोजना निर्माणका लागि सरकारले गठन गरेको विद्युत् कम्पनीले चार ठूला आयोजना अघि बढाउने भएको छ । छ सय १७ मेगावाटको ठूलो भेरी, चार सय ५० मेगावाटको किमाथांका अरुण, तीन सय सात मेगावाटको जगडुल्ला र छ सय २७ मेगावाटको लोअर अरुण जलविद्युत् आयोजना गरी कुल दुई हजार एक मेगावाटका यी आयोजना अघि बढाउन कम्पनीले सर्वेक्षण अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा आवेदन दिइसकेको छ । साथमा कम्पनीले छ सय ८८ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजनामा समेत १० प्रतिशत सेयर लगानी गर्न लागेको जनाएको छ ।

कम्पनीमा ऊर्जा मन्त्रालयसहित अर्थ, कानुन तथा संसदीय मामिला मन्त्रालय, प्राधिकरण, जलविद्युत् लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान, कर्मचारी सञ्चय कोष र नेपाल दूरसञ्चार कम्पनीको सेयर स्वामित्व रहने छ ।