May 27th, 2017

कस्ता बनाउने अब नेपालका सहरहरु ? (हेर्नुहोस् संसारका उत्कृष्ट सात सहरहरु)

मुलुक संघीय संचरनामा गएको छ । स्थानीय तहको निर्वाचन चलिरहेको छ । तीन वटा प्रदेशमा निर्वाचन भइसकेको छ भने जेठ ३१ गते बाँकी चार वटा प्रदेशमा निर्वाचन गर्ने तयारी भइरहेको छ । जनताद्धारा निर्वाचित भइसकेका जनप्रतिनिधि तथा निर्वाचनमा सहभागी हुन लागेका उम्मेदवारले स्मार्ट सिटीको अवधारण अघि सारिरहेका छन् । 

आज हामी सूचना र प्रविधिको युगमा छौँ । यो समयमा विश्वका थुप्रै सहरहरु स्मार्ट सीटी बनिसकेका छन् । त्यसैले, नेपालमा पनि यो कुरा उठिरहेको छ । स्मार्ट सिटी भन्नाले सार्वजनिक तथा निजी सेवाहरुको गुणस्तरमा सुधार गर्न डिजिटल प्रविधिको प्रयोग गरिएको सिटी भन्ने बुझिन्छ, जहाँ स्रोत–साधनको प्रयोग र लागत खर्च समेत कम हुन्छ । संसारका विभिन्न मुलुकमा रहेका यस्तै केही स्मार्ट सिटीहरुको बारेमा यहाँ प्रस्तुत गरिन्छ :

१. अर्लिङ्टन कन्ट्री, भर्जिनिया, संयुक्त राज्य अमेरिका
अर्लिङ्टन कन्ट्री अमेरिकाको राजधानी वासिङ्टन डिसीको नजिक रहेको सहर हो । यस सहरमा अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सको मुख्यालय पेन्टागन, डिफेन्स एड्भान्स्ट रिसर्च प्रोजेक्ट एजेन्सी र नेशनल साइन्स फाउन्डेसन भएकाले विगतमा धेरै प्रगति गर्ने अवसर पाएको थियो । ‘दि अर्लिङ्टन व’ नामक ४० जनाभन्दा बढी सल्लाहकार समूह र आयोगहरु भएको औपचारिक संरचनाबाट यहाँको विकासको लागि हरेक नागरिकले सार्वजनिक नीति निर्माण गर्न र विकासको क्षेत्रमा आफ्नो धारणा राख्न पाउने व्यवस्था गरिएको छ । यो संरचनाले प्रविधिको लागि यहाँको जमिनको प्रयोग, टेलिकम मास्टर प्लान, सार्वजनिक क्षेत्रबाट फाइबर नेटवर्क विस्तार लगायतका लागि नागरिक र सरकारलाई प्रत्यक्ष रुपमा जोडेको छ । 

२. कोलम्बस, ओहिओ, संयुक्त राज्य अमेरिका
सयुक्त राज्य अमेरिकाको १५ औँ ठूलो र ओहिओ राज्यको सबैभन्दा ठूलो सहर मानिने कोलम्बस सहर अमेरिकाका हजारौँ ठूला कम्पनीहरुको आकर्षणको केन्द्र हो । न्युन–सक्षम जनशक्तिले चलाउने उद्योगहरुमा कमि आउन थालेसँगै न्यून आम्दानी हुने जनसंख्यामा समस्या परेपछि कोलम्बसले यी दुबै पक्षबीचमा रहेको दूरी हटाउन सरकार, शिक्षा, व्यवसाय र संघ–संस्थाहरुसँग सहकार्यको प्रयास गरिरहेको छ । उद्योगहरुको द्रुत विकास र लगानीको क्षेत्रमा निकै अगााडी रहेको यो सहरमा पछिल्लो एक दशकभित्र मात्रै दक्ष जनशक्तिका लागि रोजगारीको अवसरमा ३५ प्रतिशत वृद्धि भएको छ । सन् २००५–२००७ सम्म दक्ष जनशक्ति पलायन हुने समस्याबाट गुज्रेको यो सहर सन् २००७–२००९ सम्म आउदा दक्ष जनिशक्तिलाई काम दिने अमेरीकाको सहरको रुपमा स्थापित भइसकेको थियो ।

३. इप्स्विच, क्विनस्ल्यान्ड, अष्ट्रेलिया
सन् २००१ मा इप्स्विच सहरले झन्डै तीन लाख थप जनसंख्या र १२ लाख नयाँ रोजगारी सिर्जनाको अपेक्षासहित २० वर्षे लामो आर्थिक विकासको योजना ल्याएको थियो । डिजिटल प्रविधिको माध्यमबाट आर्थिक विकास र सार्वजनिक सुरक्षाका इप्स्विच सहरले मूख्य पूनर्विकासको कार्यलाई केन्द्रमा राखेको छ । वातावारणीय मापदण्डका कारणले सबैभन्दा दीगो सहरका रुपमा उभिन सफल यस सहरलाई अष्टे«लियाको मोडेल सहरको रुपमा पनि चिनिन्छ ।

४. मिचेल, साउथ डाकोटा, संयुक्त राज्य अमेरीका
विगतमा खासगरी ग्रामिण इलाकाको रुपमा रहेको मिचेल सहरबाट प्रतिभाशाली र महत्वकांक्षी जनशक्ति राम्रो भविष्यको खोजीमा अन्तै पलायन हुने गर्दथे । तर, अहिले मिचेल कृषिमा आधारित सबैभन्दा ठूलो अर्थतन्त्रको रुपमा स्थापित भइसकेको छ । यस सहरमा रहेको मिचेल टेक्निकल इन्स्टिच्युटले टेक्नोलोजीमा आधारित क्याम्पसका लागि ४० लाख डलर छुट्याएको छ । यसले सञ्चार तथा डाटा प्राविधिकहरुलाई तालिम प्रदान गर्दछ । इन्जिनियरिङ, कन्सल्टिङ र सफ्टवेर कम्पनीहरुले मिचेल सहरलाई दक्षता र सेवाहरुका लागि क्षेत्रीय हबको रुपमा स्थापित गरिसकेका छन् । अहिले यो सहर आइसिटी प्रतिभाको केन्द्रको रुपमा स्थापित छ ।

५. न्यु ताइपे सिटी, ताइवान
ताइवानको राजधानी न्यु ताइपे सिटीले ब्रोडब्यान्डमा मूख्य जोड दिएको छ । सहरको ८७ प्रतिशत घरमा १०० एमबिपिएसको इन्टरनेटको पहूँच छ । इन्टरनेटको माध्यमबाट यो सहरले तीन सयभन्दा बढी विद्यालयहरुलाई पनि जोडेको छ । यहाँका विद्यालयहरुको कक्षाकोठामा नै ट्याब्लेट तथा कम्प्युटर उपलब्ध गराइएको छ । साथमा जनतालाई सहज हुने क्षेत्रहरुमा १० हजारभन्दा बढी वाइ–फाइ हटस्पोटहरु जडान गरिएको छ । डुनटआकारमा रहेको ताइपे सहरलाई एकतामा बााध्न उच्च गतिको रोड र रेलमा अत्याधिक खर्च गरिएको छ । यसैगरी नलेज–ब्रिज प्रोजेक्ट अन्तरगत इन्डस्ट्री र युनिभर्सिटीको सहकार्यमा प्रतिभावान र दक्ष जनशक्तिलाई रोजगारीको अवसर प्रदान गर्दै आइएको छ । ताइपे सिटीलाई हाइ–टेक कोरिडोरको रुपमा अझ विकास गर्न सरकारी तवरबाट अन्य पहलहरु पनि भइरहेका छन् । 

६. रिओ दे जानेइरो, ब्राजिल
ब्राजिलको रिओ दे जानेइरो सहर विशेषतः घना वस्ती, समुद्री तट र पानी जहाजका लागि प्रसिद्ध छ । यातायात प्रणाली र भौतिक संरचानाको हिसाबले यो सहरमा आमूल परिवर्तन आएको छ । रिओ डाटामाइन जस्ता आइसिटी कार्यक्रमहरुले यस सहरको आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । नगरपालीकाले नलेज स्क्वेर बनाएर यस सहरका ६९ हजार नागरिकहरुलाई डिजिटल शिक्षा सम्बन्धी तालिम प्रदान गरिसकेको छ । पेट्रोलियम पदार्थको व्यापारबाट अहिले यो सहरले ब्राजिलको ठूलो औद्योगिक सहर साओ पाउलोको भन्दा दुई गुणा बढी आम्दानी गर्दछ ।

७. सरी, व्रिटिस कोलम्बिया, क्यानडा
सरी क्यानडाको सबैभन्दा दु्रत विकास भइरहेको सहरमध्ये तेस्रो सहरमा पर्दछ । या दु्रत गतिको विकासमा इन्नोभेसन बोउलेभार्ड नामक प्रोजेक्टको महत्वपूर्ण हात रहेको छ । यो प्रोजेक्ट रेखदेख तथा निरिक्षण गर्न विश्वविद्यालय, स्वस्थ्य क्षेत्रको निकाय, गैह्र नाफामुलक संस्था, व्यवसाहिक संगठनहरु, सरकार र निर्माताहरु गरी ५० जना प्रतिनिधि भएको ‘मेयर्स हेल्थ टेक्नोलोजी वर्किङ ग्रुप’ नामक समुह रहेको छ । स्वस्थ्य प्रविधि, वातावरण स्वच्छ राख्ने प्रविधि, परिष्कृत उत्पादनहरुको विकास गर्न सरी सहर, विश्वविद्यालयहरु र व्यवसायीहरुबीच सममूहिक सहकार्य गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]