Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीले बनाउने

२०७४ जेष्ठ १० गते

बूढीगण्डकी जलासशयुक्त विद्युत् आयोजना चिनियाँ कम्पनीले बनाउने भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) लाई १२ सय मेगावाटको जलाशययुक्त आयोजना विस्तृत डिजाइन, निर्माण र लगानीसमेत गर्ने (इपीसीएफ) खाकामा बनाउने सैद्धान्तिक सहमति दिएको छ । गेजुवा चिनियाँ सरकारको स्वामित्व भएको कम्पनी हो ।