Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पूर्वाधार विकास उच्च प्राथमिकता

२०७४ जेष्ठ १ गते

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तहमा सम्पर्क विस्तार गर्न सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । चीनको राजधानी बेइजिङमा जारी एक क्षेत्र एक मार्गसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत आज भएको ‘विकास नीति र रणनीतिमा सम्पर्क विस्तार’ विषयक छलफलमा उहाँले उक्त कुरा बताउनुभएको हो । 

उहाँले नेपालको न्यून आर्थिक विकास र विकासका आयोजनमा कार्यान्वयनमा देखिएको सुस्तताको प्रमुख कारण सडक, रेलजस्ता भौतिक संरचनाको अभाव हो भन्नुभयो । समतामूलक र समृद्ध समाज निर्माण गर्ने उद्देश्यले थालिएको ‘एक क्षेत्र एक सडक’ अवधारणालाई मूर्तरुप दिन नेपाल सरकारको सहयोग एवम् समर्थन रहेको मन्त्री कार्कीले बताउनुभएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । रासस