May 11th, 2017

नेपालका १० सुन्दर ठाउँहरु, जहाँ स्वर्गको आभास हुन्छ 

आकारमा सानो र आर्थिक हिसाबले गरीब भनिए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ । दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु चीन र भारतको बीचमा रहेको नेपाल भूपरिवेष्ठित राष्ट्र भएर पनि जलस्रोतमा विश्वकै दोस्रो धनी छ । हिमालयहरुको देश भनेर चिनिने नेपालमा विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा र तेस्रो अग्लो हिमाल कंचनजंघा छन् । त्यसमाथि, सांस्कृतिक रुपले पनि धनीले मानिएको नेपालमा वर्षेनी लाखौँको संख्यामा पर्यटकहरु आउने गर्दछन् । 

नेपालको हरेक क्षेत्र पर्यटकहरुलाई आकर्षित गर्ने खालको छ । किनकि, हरेक ठाउँको आआफ्नै विशेषता, परिवेश र संस्कृति छन् । हावापानीमा विविधता रहेको नेपाल हरेक किसिमका पर्यटकको गन्तव्य बनिरहेको छ । यसैबिच, विजनेस संसार डट कमले नेपालमा घुम्नैपर्ने उत्कृष्ट १० स्थानहरुका बारेमा तयार पारेका सामग्री यहाँ प्रस्तुत गरिन्छ ।

तिलिचो ताल
संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल झन्डै पाँच हजार मिटरको उचाईमा छ । मनाङ जिल्लाको अन्नपूर्ण हिमश्रृंखलामा पर्ने तिलिचो तालमा वर्षे्नि थुप्रै स्वदेशी तथा विदेशी पर्यटकहरु ट्रेकिङ जाने गर्दछन् ।

अन्नपूर्ण बेस क्याम्प
ट्रेकिङमा रुचि हुनेहरुको छनौटमा पर्ने अर्को स्थान हो अन्नपूर्ण बेस क्याम्प । एबीसीको नामले परिचित यो स्थानमा ट्रेकिङ जान सातदेखि ११ दिन लाग्छ । ढकमक्क फुलेका लालीगुराँसहरुको बास्ना लिँदै अन्नपूर्ण बेस क्याम्प ट्रेकिङमा जानुहोस्, साँचै शानदार अनुभव गर्नुहुनेछ ।

माथिल्लो मुस्ताङ
मुस्ताङलाई बुद्ध धर्मावलम्बीहरुको राज्य मानिन्छ । कुनै समय यहाँ तिब्बती शासन थियो । त्यसैले यहाँको संस्कृति तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो रहेको बताइन्छ । चट्टानै छट्टानले ढाकिएको यो ठाउँ धौलागिरी हिमालको पारी पर्छ । यहाँका मानिसहरु जीवनयापन र यहाँको वातावरणले पर्यटकहरुलाई आकर्षिक गर्ने गरेको छ ।

रारा ताल
समुन्द्री सतहभन्दा २९९० मिटरको उचाईमा रहेको रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो । मुगु जिल्लामा रहेको यो ताल १०।८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारा राष्ट्रिय निकुञ्जले चारैतिरबाट घेरिएको यो तालसम्मको यात्रा जुम्लाबाट सुरु हुन्छ । 

खप्तड राष्ट्रिय निकुञ्ज
नेपालको सुदुरपश्चिममाञ्चल विकास क्षेत्रमा रहेको खप्तड राष्ट्रिय निकुञ्जको स्थापना वि।सं। १९८४ मा भएको थियो । बझाङ, बाजुरा, अघाम र डोटी चारवटै जिल्लाको कुल २२५ वर्ग किलोमिटर क्षेत्रमा यस निकुञ्ज फौलिएको छ । यस क्षेत्रमा विभिन्न खहरेहरुका साथै जंगलहरु छन् । नेपालभरिकै सबैभन्दा आकर्षक दृश्य भएको स्थानका रुपमा यस क्षेत्रलाई लिइन्छ । 

पाँच पोखरी
जुगल हिमालको काखमा अवस्थित पाँच पोखरीको धार्मिक महत्व रहेको छ । पाँच पोखरी ट्रेक १२ दिनको हुन्छ । यस ट्रेकमा जाँदा हिमाली दृश्यका साथै, धार्मिक विविधता तथा भौगोलिम विविधताको अवलोकन गर्दा स्वर्गीय अनुभूति हुन्छ । 

गोसाइकुण्ड ताल 
नेपालको लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको गोसाइकुण्ड ताल समुन्द्री सतहबट ४३ सय ८० को उचाइमा छ । रसुवा जिल्लामा रहेको यस ताल रहेको क्षेत्रलाई हिन्दु धर्मावलम्बीहरुको धार्मिक क्षेत्रको रुपमा व्याख्या गर्ने गर्दछन् । विभिन्न हिमाली दृश्यले घेरिएको यस स्थानमा ट्रेकिङ जानु निकै एडेभेन्चरस हुन्छ । 

चितवन राष्ट्रिय निकुञ्ज
चितवन राष्ट्रिय निकुञ्ज वि।सं। १९७३ सालमा स्थापना भएको हो । शाही चितवन राष्ट्रिय निकुञ्ज भनेर सुरुमा नामाकरण गरिएको यस क्षेत्रलाई राजतन्त्रको अन्त्यसँगै चितवन राष्ट्रिय निकुञ्ज भनि नामाकरण गरियो । वि।सं। १९८४ मा यस निकुञ्ज विश्व सम्पदा सूचीमा समावेश भयो । ९ सय ३२ वर्ग्किलोमिटर क्षेत्र ओगटेर रहेको छ । विशेषतः हात्ती सवारीका लागि यस क्षेत्र प्रमुख मानिन्छ ।

पुन हिल
पुन हिल अन्नपूर्ण हिमश्रृंखलामा पर्छ जहाँबाट देखिने दृश्य अकल्पनिय छ । घोरेपानी तथा पुनहिल ट्रेकिङ अन्नपूर्ण क्षेत्रमा सुरु भएर पोखरामा अन्त्य हुन्छ । विभिन्न उपत्यका र जंगल हुँदै जाने यस ट्रेकिङका क्रममा साह्रै रोमाञ्चक दृश्याअवलोकन गर्न सकिन्छ । 

एभरेष्ट बेस क्याम्प
एभरेष्ट बेस क्याम्प संसारकै अग्लो हिमाल सगरमाथाको काखमा अवस्थित एभरेष्ट बेस क्याम्प ट्रेकिङका लागि देशी तथा विदेशी पर्यटकहरुको ओइरो लाग्ने गर्दछ । १६ दिनको यस ट्रेकिङका क्रममा ढकमक्क फुलेका लालीगुराँसका साथै ढुंगाको छाना भएका शेर्पा वस्ती, नाम्चे बजार लगायतका उत्कृष्ट दृश्यावलोकनले स्वर्गीय अनुभूति प्रदान गर्दछ । समुन्द्री सतहदेखि ५ हजार ३ सय ६४ मिटरको उचाईमा एभरेष्ट बेस क्याम्प रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]