April 11th, 2016

सोमबारको शेयर बजार : परिसूचक सामान्य बढ्दा घट्यो कारोबार रकम

economicसोमबार शेयर बजार सामान्य उकालो लागेपनि कारोबार रकम घटेको छ । आइतबार ६७ करोडको कारोबार भएको बजार सोमबार ४६ करोडको कारोबारमा सिमीत भएको छ । दिनभरिमा १ सय २७ वटा कम्पनिको ७ लाख ९५ हजार ५ सय ८१ कित्ता शेयर २ हजार ४ सय ४९ पटक खरिदविक्रि हुँदा ४६ करोड ८३ लाख २८ हजार ४ सय ३० रुपैँयाको कारोबार भएको हो । परिसूचक भने सामान्य १.४३ अंकले बढेर १३८३.८५ अंकमा कायम भएको छ । 

सबैभन्दा धेरै नेपाल बैँकको ३ करोड ११ लाख ३७ हजार ६ सय ६३ रुपैँयाको कारोबार भएको छ भने सिटिजन बैँकको ३ करोड १ लाख २४ हजार २६ रुपैँयाको शेयर कारोबार भएको छ । दुई करोडमाथिको कारोबार गर्ने कम्पनिहरुमा इन्भेष्टमेन्ट बैँकको प्रोमोटर शेयर, नेपाल बंगलादेश बैँक, एनएमबी बैँक, इन्भेष्टमेन्ट बैँक र नेशनल लाइफ इन्स्योरेन्स छन् भने ग्लोबल आईएमई बैँक, स्टान्डर्ड चार्टर्ड बैँक, प्रिमियर इन्स्योरेन्स लगायतको १ करोडमाथिको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

सोमबार कमाउने कम्पनिहरुको अग्रस्थानमा लुम्बिनी फाइनान्स रहेको छ जसको शेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ । मिसन डेभलपमेन्ट बैँक, महाकाली विकास बैँक, क्लिन भिलेज मााइक्रोफाइनान्स, अल्पाइन डेभलपमेन्ट बैँक लगायतले पनि कमाएका छन् । गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको रिदि हाइड्रोपावर डेभलपमेन्ट बैँकको शेयर मूल्य ९.९३ प्रतिशतले घटेको छ । बागमती डेभलपमेन्ट बैँक, प्रोग्रेसिभ फाइनान्स, त्रिवेणी विकास बैँक, कालिञ्चोक डेभलपमेन्ट बैँक लगायतका लगानीकर्ताले पनि गुमाएका छन् । सबैभन्दा धेरै कारोबार गरेको नेपाल बैँकका लगानीकर्ताले ०.७४ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । 

विकास बैँक, जलविद्युत्, फाइनान्स र वीमा बाहेक कारोबार भएका अन्य समूहहरु उकालो लागेका छन् । सबैभन्दा धेरै वीमा समूह १६.५४ अंकले घटेको छ भने जलविद्युत्, फाइनान्स र विकास बैँकको क्रमशः २.१४, १.८८ र १.११ अंकले घटेका छन् । होटल समूह सबैभन्दा धेरै २१.१ अंकले बढेको छ भने वाणिज्य बैँक र अन्य समूह क्रमशः ३.०६ र २.३४ अंकले बढेका छन् । उत्पादनमूलक समूहको भने सोमबार कारोबार भएन ।