Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सात अर्बको विकास ऋणपत्रका लागि बोलपत्र आह्वान

२०७४ बैशाख १५ गते

नेपाल राष्ट्र बैंकले नौ वर्षका लागि सात अर्ब रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने भएको छ । विकास ऋणपत्र खरिद गर्न इच्छुक बैक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई वैशाख १९ गते अपरान्ह ३ बजेभित्र अनलाइन विडिङ सिस्टममार्फत बोलपत्र पेश गर्न आह्वान गरिएको छ । घटिमा पचास हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोल गर्न पाइनेछ । वैशाख २० गते निष्काशन गरिने ऋणपत्रको सावाँ भुक्तानी ०८३ वैशाख २० गते हुनेछ भने अर्धवार्षिक रुपमा व्याज पाइनेछ । यो ऋणपत्रलाई धितो राखेर कजौ लिन तथा दिन समेत पाइने बताइएको छ ।