नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यताप्राप्त हाल नेपालमा २९ वटा ठूला बैंकहरु संचालनमा छन् । ती बैंकका प्रधान कार्यालयहरुमध्ये माछापुच्छ्रे बैंकमात्र उपत्यका बाहिर अर्थात पोखरामा छ । त्यसबाहेक अरु सबै बैंकका केन्द्रीय कार्यालयहरु काठमाडौँमा छन् । राजधानीमा संचालित कतिपय बैंकहरुले आफ्नै भवनबाट सेवा प्रदान गरिरहेका छन् भने कतिपय बैंकहरु अझै भाडाका भवनहरुबाट सेवा प्रदान गर्दै आएका छन् । बैंकिङ खबर डट कमले संकलन गरेको विवरणअनुसार २९ वटा ‘क’ वर्गका बैंकहरुमध्ये ११ वटा बैँकहरुले अझै भाडाकै भवनबाट सेवा प्रदान गर्दै आएका छन् । हेरौँ, कहाँ रहेका कुन–कुन हुन् ती बैंकहरु :
भाडाको भवनबाट बैंकिङ सेवा प्रवाह गर्ने बैंकहरु
१) एनआईसी बैंक
यो बैंक त्रिपुरेश्वरमा छ । यस बैंकले भाडाको भवनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।
२) सिटिजन बैंक
कमलादीमा रहेको सिटिजन बैंकसंग पनि आफ्नै भवन छैन । त्यसैले यस बैंकले पनि भाडाकै भवनबाट सेवा प्रदान गर्दै आएको छ ।
३) लुम्बिनी बैंक
नक्सालमा रहेको लुम्बिनी बैंकसंग पनि आफ्नै भवन छैन । त्यसैले यस बैंकले पनि भाडाकै भवनबाट सेवा प्रदान गर्दै आएको छ ।
४) बैंक अफ काठमाडौं
तीनधारामार्गमा छ बैंक अफ काठमाडौँ । यस बैंकले पनि अरुको भवनबाट सेवा प्रदान गर्दै आएको छ ।
५) सनराइज बैंक
लाजिम्पाटमा रहेको सनराईज बैंकले पनि भाडाकै भवनबाट सेवा दिँदै आएको छ ।
६) सिभिल बैंक
न्युरोडमा हेड अफीस भएको सिभिलसंग पनि आफ्नै भवन छैन ।
७) जनता बैंक
नयाँ बानेश्वरमा छ जनता बैंक । यो बैंकले पनि लिजकै भवनबाट सेवा दिँदै आएको छ ।
८) सिद्धार्थ बैंक
हात्तिसारमा रहेको सिद्धार्थ बैंक पनि भाडाकै भवनमा अवस्थित छ ।
९) प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंक न्युरोडमा छ । यो बैंकले पनि भाडाको भवनबाट सेवा दिँदै आएको छ ।
१०) एनवी बैंक
बबरमहलमा रहेको एनबी बैंक पनि भाडाकै भवनबाट सेवा दिन्छ ।
११) सेञ्चुरी बैंक
सेञ्चुरी बैंक पुतलीसडकमा छ । यसले पनि भाडा तिरेर नै सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।
भनेको ठाउँमा जग्गा तथा भनेजस्तो घर नभएर पनि यी बैंकहरु भाडाकै भवनबाट भएपनि सेवा दिइरहेका छन् । त्यसो त यीबाहेकका अरु सबै बैंकहरुले आफ्नै भवनबाट सेवा प्रदान गर्दै आएका छन् । हेरौँ ती कुन कुन बैंक हुन् त ?
आफ्नै भवनबाट सेवा प्रदान गर्दैै आएका बैंकहरु
१) ग्लोबल आईएमई
पानीपोखरीमा केन्द्रीय कार्यालय रहेको यो बैंकले आफ्नै भवनबाट सेवा प्रदान गर्दै आएको छ ।
२) एभरेष्ट बैंक
लाजिम्पाटमा प्रधान कार्यालय रहेको एभरेष्ट बैंकले पनि आफ्नै भवनबाट सेवा दिदै आएको छ ।
३) हिमालय बैंक
केन्द्रीय कार्यालय कमलादीमा रहेको यस बैंकको पनि आफ्नै भवन छ ।
४) कुमारी बैंक
कुमारी बैंकले पुतलीसडकमा रहेको आफ्नै केन्द्रीय कार्यालयको भवनबाट सेवा दिँदै आएको छ ।
५) लक्ष्मी बैंक
हात्तिसारमा हेड अफिस रहेको लक्ष्मी बैंकसंग पनि आफ्नै भवन छ ।
५) माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकसंग पनि आफ्नै भवन छ । तर यसको केन्द्रीय कार्यालय पोखरामा छ ।
६) नविल बैंक
नविल बैंकले दरबारमार्गमा रहेको आफ्नै केन्द्रीय कार्यालयबाट सेवा दिँदै आएको छ ।
७) नेपाल बैंक
नेपाल बैंकको हेड अफिस न्युरोडमा छ । यसको पनि आफ्नै भवन छ ।
८) नेपाल क्रेडिट एण्ड कमर्स बैंक
बागबजारमा प्रधान कार्यालय रहेको एनसीसीसंग पनि आफ्नै भवन छ ।
९) नेपाल एसबिआई बैंक
एसबिआई बैंकले हात्तिसारमा रहेको आफ्नै भवनलाई केन्द्रीय कार्यालय बनाएको छ । त्यहीँबाट यस बैंकले सेवा प्रदान गर्दै आएको छ ।
१०) एनएमवी बैंक
एनएमबी बैंकसंग बबरमहलमा आफ्नै भवन छ जुन यस बैंकको केन्द्रीय कार्यालय पनि हो ।
११) राष्ट्रिय वाणिज्य बैंक
यो बैंक पनि बबरमहलमै अवस्थित छ । यसको पनि आफ्नै भवन छ ।
१२) स्ट्यान्डर्ड चार्टर्ड बैंक
नयाँ बानेश्वरमा रहेको यो बैंकले पनि आफ्नै भवनबाट सेवा प्रदान गर्दै आईरहेको छ ।
१३) सानिमा बैंक
नक्सालमा हेड अफिस रहेको सानीमा बैंकसंग पनि आफ्नै भवन छ ।
१४) मेगा बैंक
मेगा बैंक कान्तिपथमा छ । यो बैंक पनि आफ्नै भवनबाट सेवा दिने बैंकमा पर्छ ।
१५) कृषि विकास बैंक
कृषि विकास बैंक रामशाहपथमा छ । यो बैंकसंग पनि आफ्नै भवन छ ।
१६) प्रभु बैंक
प्रभु बैंकसंग बबरमहलमा आफ्नै भवन छ ।
१७) नेपाल इन्भेष्टभेन्ट बैंक
दरबारमार्गमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले पनि आफ्नै भवनबाट सेवा प्रदान गर्दै आएको छ ।