Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भारतीय बैँकिङ व्याजदर ५ वर्षकै न्यून 

२०७२ चैत्र २८ गते

icभारतीय केन्द्रीय बैङ्क रिजर्व बैङ्क अफ इण्डिया (आरबीआई)ले ब्याजदरलाई ५ वर्षकै न्यून बिन्दुमा ओरालेको छ । बैङ्कले आफ्नो रेपो रेट साढे ६ प्रतिशतमा ओरालेको हो । हालको ब्याजदर कटौती ५ वर्षकै न्यून हो र मुद्रास्फीतिमा आएको कमी नै कटौतीको प्रमुख कारण रहेको आरबीआईले बताएको छ । ‘लगातार ६ महीनासम्म बढेको उपभोक्ता मूल्य सूचक (सीपीआई)ले मापन गर्ने खुद्रा मुद्रास्फीति फेब्रुअरीमा भने तीव्र रूपमा घटेको छ,’ केन्द्रीय बैङ्कका गभर्नर रघुराम राजनले भने । सो अवधिमा तरकारीको भाउ अनपेक्षित रूपमा घटेका कारण मुद्रास्फीति पनि दबाबमा परेको हो ।

यो वर्ष थप ब्याजदर कटौती हुनसक्ने विश्लेषकहरूको भनाइ छ । यद्यपि यो ब्याजदर कटौतीले सबैलाई त्यति धेरै आश्चर्यमा भने नपारेको बताइएको छ । कतिपयले त यो कटौती धेरै नै आवश्यक रहेको समेत अनुमान गरेका थिए । अधिकांश अर्थविद्हरुले भने रेपो रेट ६ दशमलव ७५ प्रतिशत कायम हुने अनुमान गरेका थिए । 

आरबीआईले सन् २०१५ को जनवरीयता साढे १ प्रतिशतले ब्याजदर कटौती गर्दै आएको छ । रेपो रेटकै आधारमा आरबीआईले वाणिज्य बैङ्कहरूलाई कर्जा प्रदान गर्ने गरेको छ ।