April 8th, 2016

म्यादी जीवन बिमाको बिमाङक शतप्रतिशतले बृद्धि 

nepali-workerवैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बैदेशिक रोजगारमा जाने कामदारहरुको म्यादी जीवन बीमाको बिमाङ्क शतप्रतिशत नै वृद्धि गरी १० लाख पुर्याउने भएको छ । आगामी बैंशाख १ गतेदेखि लागु हुने गरी बिमाङक १० लाख पुर्याउने निर्णय गरिएको हो । यसअघि बिमाङ्क पाँच लाख रुपैयाँ थियो । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार बीमाङ्क रकम शतप्रतिशत वृद्धि भएपनि प्रिमियममा ६५ प्रतिशत मात्रै वृद्धि गर्ने निर्णय बैठकले गरेको छ । 

व्यवस्थालाई वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउन बीमा समितिसँग अनुरोध गरिएको बोर्डले जनाएको छ । बोर्डले वैदेशिक रोजगारीमा बीमा गराउन बीमा अभिकर्ता आवश्यकता नपर्ने भएकाले बिमा अभिकर्ता रकम नदिने व्यवस्था गर्न बिमा नियमावली २०४९ को अनुसूची ११ संशोधनको प्रक्रिया अगाडि बढाउन बिमा समितिलाई अनुरोध गरेको छ । बैठकले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले करार अवधिभन्दा कम्तीमा छ महिना थप समय रहने गरी बीमा गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ ।

नयाँ व्यवस्थामा साढे १७ लाख
रोजगारीको सिलसिलामा विदेशमा कामदारको मृत्यु भएमा उसमा आश्रित परिवारलाई सहयोग पुग्ने नयाँ व्यवस्थाअघि सारिएको छ । जसअनुसार वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा बीमाबापत साढे १४ लाख रुपैयाँ र प्रवद्र्धन बोर्डले कल्याणकारी कोषबाट दिने तीन लाख गरी परिवारले कम्तीमा  साढे १७ लाख रकम पाउने छन् ।