Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताको शेयर कारोबार ४६.१६ प्रतिशतले घट्यो, सिटिजन बैँकको कारोबार सबैभन्दा धेरै

admin २०७२ चैत्र २६ गते
सेयर:

economyयस साता नेपाल स्टक एक्सचेन्जमा गत साताको भन्दा ४६.१६ प्रतिशतले कम कारोबार भएको छ । यस साताभरमा १ सय ४२ वटा कम्पनीको ३४ लाख ०६ हजार ६ सय ३० कित्ता शेयर १० हजार ८ सय ६९ पटक खरिदविक्रि हुँदा २ अर्ब ८ करोड ९० लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । गत साता  ६८ लाख ६ हजार ६ सय ६१ कित्ता शेयर १७ हजार ५ सय ४४ पटक खरिदविक्रि हुँदा ३ अर्ब ८८ करोड २ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

साताको नेप्से परिसुचक पहिलो दिनको तुलनामा २५ दशमलव ८८ अंकले बढेको छ । साताको अन्तिम दिन परिसूचक १ हजार ३ सय ७७ दशमलव ४२ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ । क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५ दशमलव ९२ अंकले बढेर २ सय ९७ दशमलव ३८ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

यस साता कारोबार रकमको आधारमा सिटिजन्स बैंक इन्टरनेशनल अग्रस्थानमा रहेको छ जसको १३ करोड ११ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल बंगलादेश बैंकको ११ करोड ४५ लाख १० हजार रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९ करोड ९७ लाख ८० हजार रुपैयाँ, नेपाल बैंकको ९ करोड ८६ लाख ५० हजार रुपैयाँ र नबिल बैंकको ८ करोड ४ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएको शेयर संख्याका आधारमा नबिल ब्यालेन्स फन्ड अग्रस्थानमा रहेको छ जसको ३ लाख २६ हजार कित्ता शेयर खरिद बिक्रि भएको छ भने कारोबार संख्याको आधारमा अग्रस्थानमा रहेको सिटिजन्स बैंक इन्टरनेशनलको ५ सय ६१ वटा कारोबार भएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।