Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीहरुले चुक्तापुँजी चार गुणा बढाउनुपर्ने

२०७३ चैत्र १८ गते

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजीको सीमा निर्धारण गरेको छ । समितिले शुक्रबारदेखि नै लागू हुने गरी बीमा कम्पनीहरुको चुक्तापुँजी चार गुणा बढाउने निर्णय गरेको हो । जसअनुसार, अब जीवन बीमा कम्पनीहरुले दुई अर्ब र निर्जिवन बीमा कम्पनीहरुले एक अर्ब चुक्तापुँजी पुर्याउनुपर्ने भएको छ । 

हालसम्म जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५० करोड र निर्जिवन बीमा कम्पनीहरुको २५ करोड रुपैयाँ अनिवार्य हुनुपर्ने पवधान छ । उक्त चुक्तापुँजीलाई चार गुणा वृद्धि गर्न समितिले बीमा कम्पनीहरुलाई ०७५ असार मसान्तसम्मको समयावधि दिएको छ । 

हाल नेपालमा ९ वटा जीवन बीमा र १७ वटा निर्जिवन बीमा कम्पनी सञ्चालित छन् ।