April 5th, 2016

मंगलबारको शेयर बजार : ५४ करोडको कारोबार, १२.७३ अंकले बढ्यो परिसूचक

economicमंगलबार नेपाल स्टक एक्सचेन्जमा ५४ करोड बराबरको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय २४ वटा कम्पनिको ९ लाख ८६ हजार २ सय १७ कित्ता शेयर २ हजार ७ सय ८० पटक खरिदविक्रि हुँदा ५४ करोड ७१ लाख १ हजार ६ सय ८ रुपैँयाको कारोबार भएको छ । कारोबार रकम सोमबारको तुलनामा बढेको हो । सोमबार ४६ करोडमाथिको शेयर कारोबार भएको थियो । नेप्से परिसूचक सोमबार १२.७३ अंकले बढेर १३७५.२६ अंकमा पुगेको छ । 

सबैभन्दा धेरै कारोबार भएको ग्लोबल आइएमई बैँकको २ करोड ९२ लाख ५ हजार ७ सय ६९ रुपैँयाको कारोबार भएको छ भने सिटिजन बैँकको २ करोड ७२ लाख ५ हजार १ सय ९९ रुपैँयाको शेयर कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्स, सनराइज बैँक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल बंगलादेश बैँक, नेपाल बैँक र सानिमा बैँकको पनि २ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैँक, नविल बैँक लगायतको १ करोडमाथिको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

धेरै कमाउने कम्पनिहरुको अग्रस्थानमा बागमती डेभलपमेन्ट बैँक रहेको छ जसको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । लुम्बिनी फाइनान्स, मिसन डेभलपमेन्ट बैँक, हामा मर्चेन्ट एण्ड फाइनान्स, सगरमाथा फाइनान्स, युनिलिभर नेपाल लगायतका लगानीकर्ताले पनि कमाएका छन् । गुमाउने कम्पनिको अग्रस्थानमा रहेको महाकाली विकास बैँकको शेयर मूल्य ३.७ प्रतिशतले घटेको छ । लक्ष्मी लघुवित्त, राप्तीभेरी विकास बैँक, प्रिमियर इन्स्योरेन्स लगायतले पनि गुमाएका छन् । सबैभन्दा धेरै कारोबार भएको ग्लोबल आइएमई बैँकको शेयर मूल्य १.६४ प्रतिशतले बढेको छ । 

होटल र वीमा समूहबाहेक सबै समूहहरु उकालो लागेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूहको शेयर ८३.०३ अंकले बढेको छ । त्यस्तै, वाणिज्य बैँक, अन्य, जलविद्युत्, फाइनान्स र विकास बैँक समूह क्रमशः १५.२, १०.५८, १०.०९, ७.५९ र ६.५२ अंकले बढेका छन् । वीमा समूह सबैभन्दा धेरै १३.८३ अंकले घटेको छ भने होटल समूह २.८९ अंकले घटेको छ ।