पछिल्लो समय पशु बीमामा आकर्षण बढेको बीमा समितिका निर्देशक श्रीमान कार्कीले बताएका छन् । बैंकिङ खबरसँग कुराकानी गर्दै बीमा समितिका निर्देशक कार्कीले प्रारम्भिक अवस्था भन्दा पशु बीमामा अहिले निकै प्रगती भएको वताएका हुन् । कुराकानी क्रममा उनले भने ‘सुरुसुरुमा पशु बीमाका बारेमा जानकार नहँदा यसमा आकर्षण हुन सकेको थिएन तर, बीमा गर्दाका सकरात्मक पक्षबारे राम्रो सूचना गएका कारण आकर्षण बढेको छ ।’ नेपालको लामो बीमा इतिहासमा अझै पनि बीमामा नागरिकको पहूँच अत्यन्तै न्युन छ । करिब ७० बर्ष लामो बीमा इतिहासमा १० प्रतिशत पनि नागरिक बीमाको पहूँच सम्म पुगेका छैनन् । तर, पशु बीमामा भने नागरिकको आकर्षण बढ्दो मात्रामा रहेको छ । ४ बर्ष अगाडी मात्र सुरु भएको कृषि बीमा कार्यक्रम अन्तर्गतको पशु बीमा कार्यक्रममा पशुपालन गर्ने नेपालीको आकर्षण सकरात्मक रहेको बीमा समितिको तथ्यांकले देखाएको छ ।
पशु बीमाको प्रगति
नेपाली बीमा इतिहास करिब ७ दशक लामो भएको भए पनि पशु बीमा केहि बर्ष पहिले मात्र शुरु भएको हो । सरकारले कृषि तथा पशुपालन व्यवसायमा भएका जोखिम कम गरी ती व्यवसायतर्फ कृषकलाई आकर्षण गर्न आज भन्दा ४ बर्ष अगाडी २०६९ साल माघ १ गतेदेखि बाली तथा पशुपन्छी बीमा कार्यक्रम शुरू गरेको हो । चालु आर्थिक बर्ष २०७३÷७४ को भदौसम्म एक हजार ४५० कुखुरा, ११२ वटा बाख्रा, ११ वटा खच्चर, पाँच पाँच वटा गाईभैँसीको बीमा भएको थियो । पछिल्लो समय पशु बीमामा आकर्षण बढ्दो छ । पशु बीमा कार्यक्रम यहि गतिमा अगाडी बढ्ने हो भने बीमाको पहूँच बिस्तारमा सहज हुने निर्देशक कार्कीको बुझाई छ । बीमा समितिका निर्देशक कार्कीले बैंकिङ खबरसँग गरेका कुराकानीमा आधारित हो । उनै कार्कीसँग गरिएको कुराकानी विस्तृतमा केहि दिनमा प्रकाशन गर्ने छौं ।


