April 1st, 2016

वित्तीय साक्षरतामा रोजगार बचतपत्र : कसरी प्रयोग गर्ने (विवरणसहित)

वैदेशिक रोजगारीबाट नेपाल भित्रिने रेमिट्यान्सलाई मुलुकको उत्पादनशील क्षेत्रमा परिचालन गर्ने उद्देश्यस्वरुप सरकारले वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने गरेको छ । यसैबिच नेपाल सरकारको तर्पmबाट राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा वैदेशिक रोजगार बचतपत्र २०७७“क” निष्कासन गरिँदै छ । २५ करोड रुपैँयाको यो बचतपत्र पाँच वर्षे रहेको छ । प्रत्येक ६ महिनामा व्याज प्राप्त हुने गरी व्याजकरबाहेक ९ प्रतिशत व्याजदर तोकिएको छ । खरिद गर्न इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले बचतपत्र खरिदको लागि आवेदन दिन सक्ने जनाइएको छ । शनिबार निष्काशन गरिने बचतपत्रको आवेदन फारम भर्ने अन्तिम मिती चैत २४ गतेसम्म रहेको छ । सावाँ भुक्तानी मिती २०७७ चैत्र २० गतेसम्म तोकिएको छ । 

कसले खरिद गर्न पाउँछ बचतपत्र ?
कार्यविधिमा विदेशमा काम गर्ने नेपालीले वैदेशिक मुद्रामा मात्र बचतपत्र किन्न सक्ने व्यवस्था रहेकोमा संसोधन गरी नेपालबाट पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेको वा मुलुकबाहिरको रोगजारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपाली आफू वा परिवारका सदस्यले बचतपत्र खरिद गर्न पाउँछन् । परिवारका बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीले बचतपत्र खरिद गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

अहिले बैंकहरूले बचतमा ४–५ प्रतिशतसम्म ब्याज दिएको अवस्थामा बचतपत्रको लगानी फाइदाजनक छ । गत सातामात्र खुलेको वैदेशिक रोजगार बचतपत्र २०७७ (क) को ब्याजदर पनि ९ प्रतिशत छ । बचतपत्र धितो राखी कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन सकिने सुविधा पनि छ ।

कसरी लिने वैदेशिक रोजगार बचतपत्र 

बचतपत्र खरिदमा केही सीमाहरु तोकिएका छन् । जसअनुसार खरिदकर्ताले घटिमा पाँच हजार रुपैँया र बढीमा कुल निष्काहित रकमको सीमामा नबढाई पाँच हजारले भाग गर्दा निशेष भाग जाने अंकको बचतपत्र खरिद गर्नुपर्ने छ । खरिदकर्ताले यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासिय नेपालीलले आफ्नो या आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा र छोरी) को नाममा खरिद गर्न सक्ने प्रावधान रहेको छ । यो बचतपत्र धितो राखी यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट
कर्जा लिन-दिन सकिने सुविधा समेत रहेको छ । 

आवेदन कहाँ बुझाउने ?
आवेदन फारम बिक्री एजेण्ट मार्पmत निःशूल्क रुपमा प्राप्त गर्न सकिने छ । राष्ट्र बैँकको वेवसाइट www.nrb.org.np अन्तर्गत Public Debt भित्र ँForeign Employment Saving Bond नामको फोल्डरबाट डाउनलोड पनि गर्न सकिने छ । आवेदन फारम बुझ्नको लागि निम्न कार्यालयहरुमा सम्पकै गर्न सकिने राष्ट्र बैँकले जनाएको छ :

  • आईएमई प्रा.लि. पानीपोखरी, काठमाडौं – ९७७–१–४४३०६००
  • प्रभु मनि ट्रान्सफर प्रा.लि. लैनचौर, काठमाडौं –  ९७७–१–४४४२५६१ । ९७७–१–४४३७८५१
  • प्रभु बैंक लिमिटेड, अनामनगर, काठमाडौं –  ९७७–१–४७८८५०० । ९७७–१–४४४२३६४ । ९७७–१–४४२०१२४
  • सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रा.लि. घण्टाघर, काठमाडौं –  ९७७–१–४२३१९००
  • सेन्चुरी कमर्सियल बैंक लि. पुतलीसडक, काठमाडौं –  ९७७–१–४४१२५७० । ९७७–१–४४२८३९२ । ९७७–१–४४२८३१७
  • सनराइज बैंक लिमिटेड गैह्रीधारा, काठमाडौं –  ९७७–१–४००४५६०
  • सेवा रेमिट प्रा.लि. कुलेश्वर, काठमाडौं –  ९७७–१–४२८३७२८ । ९७७–१–४६७२३०९÷१०
  • सानिमा बैंक लिमिटेड नक्साल, काठमाडौं –  ९७७–१–४४२८९७९÷८)

बचतपत्रमा न्युन आकर्षण
सरकारले रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नका लागि वैदेशिक रोजगार बचतपत्रमार्फत पुँजी संकलन गर्दै आइरहेको छ । सरकारले ७ वर्षदेखि बचतपत्र जारी गर्दै आएको छ । यद्यपि, बचतपत्र विक्रि भने न्यून हुने गरेको छ । सरकारले आर्थिक वर्ष ०६६÷६७ देखि बचतपत्रको अवधारणा सुरु गरेको थियो । पहिलो वर्ष नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँको बचतपत्र निष्कासन गरेकोमा ४० लाख रुपैयाँको मात्रै बिक्री भएको थियो । त्यसयता प्रत्येक वर्ष जारी भएका बचतपत्रको बिक्रीमा केही वृद्धि देखिए पनि जारी सबै बिक्री भने हुन सकेको छैन । 

सुधारको गतिमा बचतपत्र विक्रि
लक्षित वर्गसम्म प्रचारप्रसारको अभावका कारण बचतपत्र खरिदमा सर्वसाधारणको खासै चासो देखिन नसकेको सार्वजनिक ऋण व्यवस्थापन विभागको तर्क छ । विभागका अनुसार गत वर्ष २५ करोडको बचतपत्र जारी भएकोमा ८ करोड ३७ लाख बराबरको बिक्री भएको थियो । यो नै अहिलेसम्मकै ठूलो बिक्री हो । हालसम्म राष्ट्र बैंकले ८ अर्ब ७५ करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरिसके पनि त्यसको साढे २ प्रतिशत (२१ करोड ९० लाख २५ हजार) मात्र बिक्री भएको छ ।

सुरुवाती वर्षहरूमा भन्दा पछिल्ला वर्षहरूमा बिक्रीदरमा केही सुधार भने देखिएको छ । राष्ट्र बैंकले ०७० मा ‘वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने कार्य्विधि– ०६७’ संसोधन गरेपछि सुधार आएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्दाभन्दा बचतपत्र खरिदमा धेरै फाइदा हुने भए पनि प्रचार गर्न भने सकिएको छैन । यो वर्ष विभिन्न देशमा प्रचार कार्यक्रम गर्न प्रस्ताव गरेको भएपनि अर्थले बजेट नदिँदा सम्भव नभएको विभागको दाबी छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]