Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

गभर्नर डा. नेपालको हस्ताक्षरमा नयाँ नोट आउँदै

२०७२ चैत्र १९ गते

note

नेपाल राष्ट्र बैँकले आगामी तीन महिनाभित्रमा गभर्नर डा. चिरञ्जिवी नेपालको हस्ताक्षरमा नयाँ नोट ल्याउने भएको छ । राष्ट्र बैँकले एक सय रुपैँयाका २० करोड थान नयाँ नोट ल्याउन लागेको हो । एक सय दरका नयाँ नोट असार १५ सम्ममा आइपुग्ने राष्ट्र बैँकले जनाएको छ । 

गभर्नर डा. नेपालको हस्ताक्षरमा पहिलोपटक नोट छापिन लागेको हो । सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले एक सय रुपैँयाका नयाँ नोट छाप्ने प्रक्रिया सुरु गरेको छ । 

सरकारले नयाँ नोट छाप्न चाइना बैंक नोट प्रिन्टेड एन्ड सिक्टड कर्पोरेसनलाई दिएको छ ।