Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा बिधयेक १ महिनाभित्रै संसदमा पेश हुने

२०७३ माघ १६ गते

बीमा विधेयक चाडै संसदमा पेश हुने भएको छ । लामो समयदेखी चर्चाको बिषय बनेको बीमा बिधयेक आगामी १ महिना भित्रैमा संसदमा पेश गरीने भएको छ । अर्थमन्त्री डा. कृष्ण बहादुर महरको भनाई उद्धृत गर्दै अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव हिमाल शर्माले बैंकिङ खबरसँग भने ‘यहि महिनाभित्र मन्त्री परिषद्बाट पास गराएर आगामी फागुन महिना भित्रैमा संसदमा बिधेयक दर्ता हुनेछ ।’ लामो समयसम्म पेश हुन नसकेको बिधयेक बीमा समितिमा नयाँ अध्यक्ष आएको १ महिना नवित्दै पेश गर्ने तयार गरिएको हो । समय सापेक्ष कानूनको आवस्यकता पर्ने हुँदा बीमा बिधेयक सँसदबाट पारित हुनु अनिवार्य भएको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँले वताए । अध्यक्ष चापागाईँले भने ‘बीमा व्यवसायलाई नियमित, गुणस्तरीय, व्यवीथत र विस्तार गर्न बीमा विधेयक संशोधन गर्न लागिएको हो।’ आगामी अधिवेशनले पास गर्ने गरी फागुन महिनामा बिधयेक सँसदमा पेश गर्ने तयारी अर्थमन्त्रालयको रहेको छ ।