Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सरकारको स्वास्थ्य बीमा कार्यक्रमबारे सोलुखुम्बु अझै बेखबर

admin २०७३ माघ १५ गते
सेयर:

सरकारले चालु आर्थिक वर्षमा सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने जनाएको भए पनि कार्यक्रमका सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु अझै बेखबर रहेको छ । गत साउनको पहिलो हप्ता नै चालु आर्थिक वर्षमा सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने जानकारी आएको तर त्यसपछि कुनै पनि कार्यक्रम तथा परिपत्र प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी पवनकुमार लामाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले अघिल्लो आर्थिक वर्ष नमुनाका रुपमा देशका तीन वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेकोमा चालु आर्थिक वर्ष २२ वटा जिल्ला थप गरी २५ वटा जिल्लामा कार्यक्रम गर्ने जनाएको थियो । तर आर्थिक वर्ष सुरु भएको ६ महिना बितिसक्दा पनि जिल्लामा कार्यक्रम प्राप्त भएको छैन ।

स्थानीयवासीले सोध्ने गरेको भए पनि यस सम्बन्धी तालिम तथा कुनै किसिमको कार्यक्रम केन्द्रबाट प्राप्त नभएको सूचना अधिकारी लामाले बताए । स्वास्थ्य क्षेत्रमा निकै आशाबादी कार्यक्रम भएपनि घोषणा गरेको ६ महिनासम्म जिल्ला स्वास्थ्य कार्यालय नै बेखबर हुनु दुखद भएको जिल्लाबासी बताउँछन् । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।