नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगाी फागुन ३ गतदेखि एक सय रुपैयाँ अंकित मूल्यमा ३२ लाख ४० हजार चार सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको हकप्रदमा पुस १३ गतेसम्म कायम सेयरधनीले फागुन ३ गते देखि चैत्र ७ गतेसम्म आवेदन दिन सक्नेछन् । नेको इन्स्योरेन्स कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
हाल नेको इन्स्योरेन्सको चुक्तापुँज्ी ३२ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पछि कम्पनीको चुक्तापुँजी ६४ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।


