Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

दुई ठूला वाणिज्य बैंकमा रोजगारीको अवसर, अनलाइनबाट आवेदन दिन मिल्ने

२०७३ माघ १३ गते

दुई ठूला वाणिज्य बैंकहरुले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । माछापूछ्रे बैंक र ग्लोल आईएमई बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेका हुन् । 

माछापूछ्रे बैंक लिमिटेड

माछापूछ्रे बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आफ्ना मुलुकभरका विभिन्न शाखा कार्यालयका लागि ३५ वर्षभन्दा कम उमेरका फ्रेस कर्मचारी माग गरेको हो । बैंकले ट्रेनी एसिस्टेन्टको रुपमा कर्मचारी नियुक्त गर्न लागको जनाएको छ । व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेका नेपाली नागरिकलाई माघ १७ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ ।

थप जानकारी चाहिएमा तथा अनलाइनमार्फत आवेदन गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.machbank.com/career/

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले उपत्यकाबाहिरका शाखा कार्यालयहरुका लागि केही संख्यामा प्रशिक्षार्थी सहायकको दरखास्त आह्वान गरेको छ । बैंकले कम्तीमा प्लस दुई वा सोसरह उतीर्ण गरेको र ३५ वर्ष उमेर ननाघेका नेपाली नागरिकलाई २७ जनवरी अर्थात माघ १४ गतेभित्रमा career@gibl.com.np मा आफ्नो वायोडाटासहित निवेदन पठाउन आह्वान गरिएको छ ।