Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एसिया प्रशान्त क्षेत्रको वित्तिय विकाससम्बन्धि सम्मेलनमा गभर्नर

२०७२ चैत्र १७ गते

chiranjibi nepalनेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जिवी नेपाल एसिया प्रशान्त क्षेत्रको वित्तिय विकासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदैछन् । युनेक्याप र दक्षिण कोरियाली सरकारद्धारा आयोजित सो सम्मेलनमा भाग लिनका लागि उनी सोमबार नै कोरिया प्रस्थान गरेका थिए । सम्मेलनमा उनले वित्तिय समावेशिताको विषयमा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको राष्ट्र बैँक गभर्नरको कार्यालयले जनाएको छ । दुईदिने उक्त सम्मेलन बुधबारबाट सुरु भएको छ । कार्यक्रममा सहभागीता जनाएर डा. नेपाल चैत्र २० गते स्वदेश फर्कनेछन् ।