यतिबेला सात वटा वित्तीय संस्थाले कर्मचारी माग गरिरहेका छन् । जसमध्ये, चार वटा कमर्सियल बैंक छन् भने तीन वटा लघुवित्त वित्तीय संस्था छन् ।
लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि मार्केटिङ एण्ड कम्युनिकेसन प्रमुख, सिस्टम एडमिनिस्ट्रेटर, शाखा प्रबन्धक, नगद तथा विप्रेषण सुपरभाइजर, प्रशिक्षार्थी सहायक, कानुन अधिकृत र सहायक सम्पर्क अधिकृत माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नागरिकले २५ जनवरी अर्थात् माघ १२ गतेभित्रमा अनलाइनबाट एप्लाई गरिसक्नुपर्नेछ ।
अनलाइनबाट एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://laxmi.laxmibank.com/career/?tab=personal
मेगा बैंक नेपाल लिमिटेड
मेगा बैंक नेपालले १२३ जना कर्मचारी माग गरेको छ । बैंकले व्यवस्थापकीय तहमा ६ जना, अधिकृत तहमा ४० जना र सहायक तहमा ७७ जना कर्मचारी माग गरेको हो । बैंकले केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय र विद्यामान तथा विस्तार हुने क्रममा रहेका शाखा कार्यालयहरुका लागि सो संख्यामा दरखास्त आह्वान गरेको हो । व्यवस्थापनका लागि ४५ वर्ष, अधिकृतका लागि ३५ वर्ष र सहायकका लागि ३० वर्ष उमेर ननाघेको उम्मेदवार बैंकले मागेको छ । एप्लाई गर्ने म्याद माघ १२ गतेसम्म रहेको छ ।
थप जानकारी लिन र अनलाइन एप्लाई गर्नका लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस् ।
http://www.megabanknepal.com/jobs/detail/4/mega-career-opportunities-11th-january-2017
माछापूछ्रे बैंक लिमिटेड
माछापूछ्रे बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आफ्ना मुलुकभरका विभिन्न शाखा कार्यालयका लागि ३५ वर्षभन्दा कम उमेरका फ्रेस कर्मचारी माग गरेको हो । बैंकले ट्रेनी एसिस्टेन्टको रुपमा कर्मचारी नियुक्त गर्न लागको जनाएको छ । व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेका नेपाली नागरिकलाई माघ १७ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ ।
थप जानकारी चाहिएमा तथा अनलाइनमार्फत आवेदन गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://www.machbank.com/career/
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले उपत्यकाबाहिरका शाखा कार्यालयहरुका लागि केही संख्यामा प्रशिक्षार्थी सहायकको दरखास्त आह्वान गरेको छ । बैंकले कम्तीमा प्लस दुई वा सोसरह उतीर्ण गरेको र ३५ वर्ष उमेर ननाघेका नेपाली नागरिकलाई २७ जनवरी अर्थात माघ १४ गतेभित्रमा career@gibl.com.np मा आफ्नो वायोडाटासहित निवेदन पठाउन आह्वान गरिएको छ ।
स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड
स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । संस्थाले एक जना डेपुटी जेनेरल मेनेजर/डेपुटी सीईओ र एक जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको हो । सुनसरीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले माघको १४ गतभित्र आवेदन दिइसक्न आह्वान गरेको छ ।
थप जानकारी चाहिएमा तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://bankingkhabar.com/?p=16731
साना किसान विकास बैंक लिमिटेड
साना किसान विकास बैंकले ११ जना कर्मचारी माग गरेको छ । बैंकले उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि सात जना सहायक र चार जना अधिकृत माग गरेको हो । आवेदन दिने म्याद माघ २५ गतेसम्म रहेको छ ।
थप जानकारी चाहिएमा तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://bankingkhabar.com/?p=16414
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले शाखा प्रबन्धक र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो ।
थप जानकारी चाहिएमा तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://bankingkhabar.com/?p=16871




