Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

निर्माण व्यवसायी बलिभद्र रानालाई उत्कृष्ट निर्माण व्यवसायीको अवार्ड

२०८३ आश्विन २० गते

बैंकिङ खबर / राष्ट्रिय अनलाइन पत्रकार सङ्घ नोजाले १२ नोजा अनर अवार्डबाट निर्माण व्यवसायी बलिभद्र रानालाई उत्कृष्ट व्यवसायीको रूपमा अवार्ड गरेको छ। नेपाल निर्माण व्यवसायी महासङ्घका सल्लाहकार समेत रहेका राना नेपाल निर्माण व्यवसायी परिषद्का अध्यक्ष हुन्। रानासँगै नोजाले हरेक वर्ष प्रदान गर्ने लाइफटाइम अचिभमेन्ट अवार्ड बाट बैंकिङ एवं सहकारी क्षेत्रका विज्ञ कमल खरेललाई प्रदान गरिएको छ। खरेल लामो समय बैंक वित्तमा सेवा गर्नुका साथै बैंकिङ तथा सहकारी विज्ञताका रूपमा परिचित छन् । हरेक वर्ष एकजना पत्रकारलाई प्रदान गरिने ११,११ रुपैयाँ राशिसहितको पत्रकारिता पुरस्कार अन्तर्गत यस वर्ष सामना देवकोटा अमेरिकालाई प्रदान गरिएको छ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष मुमुन्द ढुंगाना, बरिष्ठ साहित्यकार राधेश्याम लेकाली, हिमालय सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली, आइटी विज्ञ हरीराम रिमाल, बरिष्ठ पत्रकार राजेन्द्र लुईटेल, महिला उद्यमी सरीता भट्टराई लगायतका अतिथिहरुले अवार्ड वितरण गर्नुभएको थियो ।