Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मेटलाइफका ग्राहकलाई किस्ट अस्पतालमा नगदरहित उपचार सुविधा

२०८३ आश्विन ८ गते

बैंकिङ खबर  /  मेटलाइफ नेपालले किस्ट मेडिकल कलेज तथा टिचिङ हस्पिटलसँग सहकार्य गर्दै आफ्ना कर्मचारी लाभ (Employee Benefits) बीमा योजनाअन्तर्गतका ग्राहकलाई नगदरहित उपचार सेवा उपलब्ध गराउने भएको छ ।

सहकार्यपछि योग्य बीमितले पोलिसीको कभरेजअनुसार किस्ट अस्पतालमा उपचार गराउँदा उपचार खर्चको अग्रिम भुक्तानी गर्नुपर्ने झन्झट कम हुनेछ । साथै, उपचारपछि बीमा दाबी गरी रकम फिर्ता लिने प्रक्रियालाई समेत सहज बनाउने कम्पनीले जनाएको छ ।

स्वास्थ्य उपचारका क्रममा अस्पताल भर्ना तथा दाबी प्रक्रियामा हुने आर्थिक र प्रशासनिक झन्झट कम गर्ने उद्देश्यले नगदरहित सेवा विस्तार गरिएको मेटलाइफको भनाइ छ । यस्तो सुविधा बीमा पोलिसीको कभरेज, ग्राहकको योग्यता तथा लागू हुने नियम र सर्तअनुसार मात्र उपलब्ध हुनेछ ।

किस्ट अस्पतालमा उपचारका लागि जाने योग्य ग्राहकले नगदरहित भर्ना प्रक्रिया र आवश्यक कागजातबारे मेटलाइफ नेपाल वा अस्पतालको सम्बन्धित सहायता टोलीसँग जानकारी लिन सक्नेछन् । यसका लागि मेटलाइफ नेपालमा ०१–५९७०१६६ मा सम्पर्क गर्न सकिनेछ ।

मेटलाइफले नेपालमा सन् २००१ देखि जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र कर्मचारी लाभसम्बन्धी बीमा सेवा प्रदान गर्दै आएको छ ।