Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेशनल लाइफसँग जोडियो नेपाल बैंक, कर्मचारीलाई जीवन बीमा सुरक्षा

२०८३ भाद्र ३१ गते

बैंकिङ खबर  /  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बैंक लिमिटेडका कर्मचारीलाई जीवन बीमा सुविधा उपलब्ध गराउने भएको छ। यसका लागि दुवै संस्थाबीच जीवन बीमा सम्झौता भएको हो ।

सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई लक्षित गरी जीवन बीमा सुविधा प्रदान गरिनेछ। कर्मचारीको जीवनमा आइपर्न सक्ने जोखिमबाट उत्पन्न आर्थिक असर न्यूनीकरण गर्दै उनीहरू तथा परिवारको वित्तीय सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले यो सहकार्य गरिएको हो ।

सम्झौतापत्रमा नेशनल लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत स्मृति राज कंडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन् ।

दुई संस्थाबीच भएको यस सहकार्यले कर्मचारी कल्याणसँगै संस्थागत जोखिम व्यवस्थापनलाई समेत प्राथमिकता दिएको देखिन्छ। जीवन बीमामार्फत सम्भावित जोखिमको अवस्थामा आर्थिक संरक्षण प्राप्त हुने भएकाले कर्मचारी तथा आश्रित परिवारका लागि यस्तो सुविधा महत्वपूर्ण मानिन्छ ।

सम्झौता कार्यक्रममा दुवै संस्थाका सम्बन्धित पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले कर्मचारीको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बीमाको महत्व रहेको उल्लेख गर्दै सहकार्यले दुई संस्थाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए ।

नेशनल लाइफ इन्स्योरेन्सले व्यक्तिगत तथा संस्थागत ग्राहकको आवश्यकता अनुसार विभिन्न जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ । नेपाल बैंकसँगको पछिल्लो सहकार्यले संस्थागत कर्मचारी बीमाको क्षेत्रमा कम्पनीको सेवा विस्तारलाई समेत प्रतिबिम्बित गरेको छ ।