लक्ष्मी बैंक लिमिटेडले प्रोफेशनल दियालो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त संस्था लक्ष्मी बैंकले “ख” वर्गको इजाजतपत्र प्राप्त संस्था प्रोफेशनल दियालो विकास बैंकलाइ प्राप्ति गरी लक्ष्मी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेको हो । एक्विजिसनपछिको एकीकृत संस्थाको केन्द्रीय कार्यालय पनि साविकको लक्ष्मी बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा नै रहेको छ ।
	 एक्विजिशनमा लक्ष्मी बैंक र प्रोफेशनल दियालो विकास बैंकको स्वाप रेसियो १००ः५० तय गरिएको छ । जसअनुसार, प्रोफेशनल दियालो विकास बैंकको प्रति सेयर मूल्य लक्ष्मी बैंक लिमिटेडको प्रति सेयर मूल्यको ५० प्रतिशत रहने भएको छ । लक्ष्मीले १० जिल्ला कार्यक्षेत्र भएको प्रोफेशनल दियालोलाई एक्वायर गर्न गत पुस ११ गते अन्तिम स्वीकृति पाएको थियो ।

हाल लक्ष्मी बैंकको चुक्तापुँजी तीन अर्ब तीन करोड ९२ लाख रुपैयाँ छ भने प्रोफेशनल दियालो विकास बैंकको चुक्तापुँजी २४ करोड रुपैयाँ छ । प्राप्तिपश्चात लक्ष्मी बैंकको चुक्तापुँजी सवा तीन करोड रुपैयाँ नाघेको छ । त्यस्तै, ५ वटा शाखा थप भई कुल शाखा सञ्जाल ६४ पुगेको छ भने २ विस्तार काउन्टर र ८० वटा एटिएम पुगेको छ ।