Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मेगा बैंकमा जागिरको अवसर, घरमै बसीबसी आवेदन दिन सकिने (हेर्नुस आवेदन दिने तरिका)

२०७३ पुष २९ गते

मेगा बैंक नेपालले १२३ जना कर्मचारी माग गरेको छ । बैंकले व्यवस्थापकीय तहमा ६ जना, अधिकृत तहमा ४० जना र सहायक तहमा ७७ जना कर्मचारी माग गरेको हो । बैंकले केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय र विद्यामान तथा विस्तार हुने क्रममा रहेका शाखा कार्यालयहरुका लागि सो संख्यामा दरखास्त आह्वान गरेको हो । व्यवस्थापनका लागि ४५ वर्ष, अधिकृतका लागि ३५ वर्ष र सहायकका लागि ३० वर्ष उमेर ननाघेको उम्मेदवार बैंकले मागेको छ । एप्लाई गर्ने म्याद माघ १२ गतेसम्म रहेको छ । 
थप जानकारी लिन र अनलाइन एप्लाई गर्नका लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.megabanknepal.com/jobs/detail/4/mega-career-opportunities-11th-january-2017